रमझमशुक्रबार, कार्तिक २९, २०७०

समाजसेवामा रुचि

हिमालखबर

समाजसेवाका लागि एकल महिलाकै क्षेत्र किन त? “नेपालमा महिला हिंसा लाजमर्नु अवस्थामा छ”, आउँदो वर्षको मिस नेपाल प्रतियोगिताको लागि वाइल्ड कार्ड इन्ट्री पाएकी शीतोस्ना भन्छिन्, “त्यसमा पनि एकल महिलाहरूको जीवन त झनै कठिन बनाइदिएको छ, हाम्रो परिवार र समाजले।”

उनका अनुसार, लालाबाला सहितका एकल महिलाहरूलाई व्यवहार चलाउन कठिन छ, परिवारकै पेलाइ र हेलाहोचोको कारण। त्यसमाथि, ‘पोई टोकुई’ र ‘बोक्सी’ जस्तो अमानवीय आरोप पनि प्रायः एकल महिलाहरूले खेप्नुपरेको देखिन्छ। यस्तो विचार राख्ने शीतोस्ना ब्राइट नेपाल डटकमले ११ कात्तिकमा नारायणगढमा आयोजना गरेको प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पारेर विजयी भएकी हुन्। राजनीतिक परिवारको भए पनि उनलाई त्यसमा खासै लगाव छैन। बरु संस्कृति र पर्यटनको क्षेत्रमा सकेको योगदान दिने उनले बताइन्।

बीबीए छैटौं सेमेस्टरकी विद्यार्थी मिस चितवन शीतोस्नाले पुरस्कारमा एसवाईएम स्कूटर पाएकी छन्।
सविता श्रेष्ठ नारायणगढ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>