समाचारमंगलबार, आषाढ २६, २०६९

प्रधानमन्त्रीले बोलाएको बैठक प्रतिपक्षीद्वारा बहिस्कार

हिमालखबर

सिंहदरबारमा २६ असार बिहान बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक अन्य प्रतिपक्षी दलहरु सहभागी भएनन् । प्रधानमन्त्री भट्टर्राईले आव्हान गरेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु उपस्थित नभएपछि प्रतिपक्षीसँग वार्ता गर्ने जिम्मेवारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । दाहालले आज दिउँसो चार बजे वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलनमा बैठक आव्हान गरेका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बैठकपछि सरकारले पूर्ण बजेट नै ल्याउन लागेको बताए । प्रधानमन्त्रीले राजीनामा दिईसकेको सन्दर्भमा सुरेन्द्र पाण्डेले पूर्ण बजेट ल्याएको भन्दै आफूहरुले पनि आशिंक बजेट नल्याउने पौडेलको भनाई छ ।

बैठकमा सहभागी नेमकिपाका नेता सुनील प्रजापतिले सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने धारणा राखेका छन् । कृषकका लागि आवश्यक मल तथा पेट्रोलियम पदार्थको अभाव जस्ता समस्या सम्बोधन गर्ने गरी पुरक बजेट ल्याउन सकिने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>