अर्थ/बजारमंगलबार, आषाढ २६, २०६९
मर्जरमा जाँदै बैंक तथा वित्तीय संस्था
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जरको नीति घोषणा गरेपछि आपसमा गाभिन इच्छुक संस्थाको संख्या ह्वात्तै बढेको छ । पछिल्ला महिनाहरुमा मात्रै चार दर्जन बैंक तथा वित्तीय संस्था मर्जरका लागि तयार देखिएका छन् ।
केहीको मर्जर सकिइसकेको छ, केही प्रत्रिmयामा छन् । राष्ट्र बैंकले आठ जोडी बैंक तथा वित्तीय संस्थालार्इ मर्जरको अन्तिम स्वीकति दिइसकेको बताएको छ । राष्ट्र बैंकका प्रवत्ता भाष्करमणि ज्ञवालीले भने, ‘थप आधा दर्जन जोडी संस्थालार्इ मर्जरको सैद्धान्तिक अनुमति दिएका छौं भने अरु आधा दर्जन जोडीभन्दा बढी संस्था मर्जरको निवदेन बुझाउने तयारीमा छन् ।’
केन्द्रीय बैंकबाट मर्जरका लागि अन्तिम सहमति पाएको माछापुच्छ्र्रे बैंकक र स्ट्याण्डर्ड फाइनान्सले सोमबारबाट संयुत्ता कारोबार शुरु गरेका छन् । त्यस्तै, ग्लोबल बैंक, आर्इएमर्इ फाइनान्स र लर्डबुद्ध फाइनान्स पनि सोमबारबाट मर्ज भएर एउटै कारोबार शुरु गरेका छन् । यी तीनै संस्थामा चन्द्र ढकाल समूहको प्रमुख लगानी छ । इन्प्रस्ट्रक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक फाइनान्सले पनि राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् ।
क्षत्रीयस्तरको अन्नपूर्ण विकास बैंक र राष्टि्रयस्तरको सूर्यदर्शन फाइनान्सले पनि मर्ज भएर सुपि्रम डेभलपमेन्ट बैंकका नाममा कारोबार गर्न अन्तिम स्वीक ृति पाएको छ । त्यस्तै, क्षत्रीय स्तरका दुर्इ विकास बैंक पशुपति र उद्यम विकास बैंकले गाभिएर एक्सिस डेभलपमेन्ट बैंकका नाममा कारोबार गर्न अन्तिम अनुमति पाएका छन् । यी सबै संस्थाले केही दिनभित्रै संयुत्ता कारोबार थाल्ने प्रवत्ता ज्ञवालीले बताए । चालू आर्थिक वर्षमा मात्रै हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स मर्ज भएर एच एण्ड बी विकास बैंकका नाममा कारोबार शुरु गरेका थिए । बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स मर्ज भएर बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक बनेका थिए ।
काष्ठमण्डप डेभलपमेन्ट बैंक र शिखर फाइनान्सले पनि मर्ज भएर काष्ठमण्डप डेभलपमेन्ट बैंककै नाममा कारोबार शुरु गरिसकेको छ । यसअघि तीन वर्षअघि नारायणी फाइनान्स र नेशनल फाइनान्सले मर्ज भएर नारायणी नेशनल फाइनान्स बनेको थियो । त्यस्तै, केही वर्षअघि लक्ष्मी बैंकमा हाइसेप फाइनान्स र एनबी बैंकमा श्रीलंका मर्चेन्ट फाइनान्स गाभिएको थियो । राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति लिनको संख्या पनि बढेको छ । भिबोर विकास बैंक र भाजुरत्न फाइनान्सले केन्द्रीय बैंकबाट मर्जरको सहमति पाएका छन् ।
सहमति पाएका सीएमबी, बुटवल र एभरेष्ट एल्पिक फाइनान्सको पनि मर्ज भएर राष्टि्रयस्तरको फाइनान्स कम्पनी बन्ने तयारी छ । यस्तै, इम्पेरियल फाइनान्स र पि्रमियम फाइनान्स तथा बागेश्वरी डेभलपमेन्ट बैंक र सांगि्रला विकास बैंकले पनि मर्जरको सैद्धान्तिक सहमति पाएका छन् ।बैंक अफ एशिया र एनआर्इसी बैंक, सोसियल डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक तथा काठमाडौं फाइनान्स र सिभिल मचर्ेन्ट फाइनान्सले राष्ट्र बैंकबाट मर्जरको अनुमति पर्खिइरहेका छन् ।
यस्तै, तम्घासको रेसुङ्गा र बुटवलको साइन डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंक र सूर्य डेभलपमेन्ट बैंकले पनि मर्जरमा जान राष्ट्र बैंकमा निवेदन दिइसकेका छन् । एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक तथा सरकारी लगानीका राष्टि्रय वाणिज्य बैंक र एनआर्इडीसी विकास बैंकको पनि मर्जर हुने भएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको भन्दै मर्जर घटाउन केन्द्रीय बैंकले गत वर्षदेखि पहल शुरु गरेको थियो । साना संस्थाको पुँजी वृद्धि गर्नैपर्ने बाध्यता, बढ्दो सञ्चालन जोखिम तथा प्रतिस्पर्धाका कारण अधिकांश वित्तीय संस्थालार्इ मर्जरको बाध्यता छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
