अर्थ/बजारसोमबार, मंसिर ३, २०७०
बन्दले लाखौ मूल्यको तरकारी नोक्सान
खेतबारीको तरकारी टिपेर बजार पु¥याउने चाँजो यातायात बन्दले नमिलेपछि आफ्नो तरकारी फसल बोटमै छिप्पिने र कुहिने क्रम बढेको महोत्तरीका किसानले बताएका हुन् । २५ कात्तिकदेखि नेकपा–माओवादीसहितको मोर्चाले गरेको बन्द आह्वानले यातायात साधन नचल्दा तरकारी बजार पुर्याउन नपाएको किसानको गुनासो छ ।
अहिले जिल्लाका कृषि बजारमा हरियो तरकारीको माग निकै बढे पनि बन्दकै कारण आपूmहरुको उत्पादन बजार पुग्न नसकेको पशुपतिनगर–२ का तरकारी उत्पादक किसान ब्रह्मदेव महतोले बताए ।
प्रत्येक दुई दिनको पालोमा टिप्नुपर्ने परबल, बोडी, घिरौला, भन्टासहितका हरियो तरकारी बजार पु¥याउने अवस्था बन्दले नभएपछि बोटमै छिप्पिने र कुहिने क्रम सुरु भएको जिल्लामै नमुना तरकारी किसान मानिएका भङ्गाहा–३ का सत्यनारायण यादवले बताए ।
जिल्लामा करिब १५ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।
तरकारीसँगै अरु कृषि उपज पनि बजार पुग्न नसक्दा किसानलाई परेको मारसँगै दैनिक मजदुरी गरेर गुजारा गर्नुपर्ने गरिब भोकभोकै परेका छन् । लगातारको यातायात बन्दले काम गर्न जान नपाइएको र खाने सरजामको जोहोमा समेत समस्या भएपछि आफूसहित घरका ससाना छोराछोरीलाई बन्दभरि कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको दैनिक ज्यालादारी गरेर गुजारा गर्ने गरेकी भङ्गाहा–८ को दलित बस्तीकी पानोबती सादाको भनाइ छ । यस अवधिमा आफ्नो व्यापार व्यवसाय चौपट भएको उद्यमी व्यापारीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
