रमझममंगलबार, आषाढ २६, २०६९

आदिवासी चलचित्र महोत्सवमा ७९ फिल्म

Rishiram Kattel

नेपालबाट दुइ समूहअर्न्तगत फिल्म छानिएको हो । आदिवासीको विषयमा गैर-आदिवासी निर्देशकले बनाएका र आदिवासी समुदायका निर्देशकले गैर-आदिवासी विषयमा बनाएका चलचित्र समेत सामेल छन् । आदिवासी फिल्मकर्मीले निर्माण गरेको गैर-आदिवासी विषयको तीनवटा फिल्म छन् । जसमध्ये १७ वटा फिल्म पहिलो पटक देखाइने आयोजक संस्थाका अध्यक्ष नविन सुब्बाले जानकारी दिए ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ१९ देशका ५२ फिल्म प्रदर्शन हुँदैछन् । जसमा अस्ट्रेलियाको पाँच, ब्राजिलको दुइ, बोलिभियाको तीन, क्यानाडाको १३, कम्बोडिया र स्विट्जरल्यान्डको संयुक्त रुपमा एक, फिलिपिन्सको दुइ, ताइवानको आठ, भारतको चार, संयुक्त राज्य अमेरिकाको पाँच चलचित्र छानिएका छन् । यसैगरी इक्वेडर, तान्जानिया, कोलम्बिया, फिनल्यान्ड, न्युजिल्यान्ड, मेक्सिको, नर्वे, दक्षिण अफ्रिका, सुरिनामबाट एक एक चलचित्र छानिएका छन् ।

महोत्सवमा तीन सदस्यीय फिल्म मूल्यांकन समिति (जुरी) छ । जसमा अस्ट्रेलियाका फिल्म निर्माता तथा निर्देशक एन्ड्रोवे भायल, भारतकी फिल्म निर्माता निर्देशक रिता दत्त, नेपालबाट मानवशास्त्री डा. डम्बर चेम्जोङ रहेका छन् । आदिवासी युवाप्रति समर्पित महोत्सवमा उत्कृष्ट फिल्मले गोल्डेन ड्रम, द्वितीयले सिल्भर ड्रम र तृतीयले ब्रोन्ज ड्रम प्राप्त गर्ने छन् । यस्तै दर्शकको सबैभन्दा बढी मत प्राप्त गर्ने कुनै एक फिल्मले यो वर्षेखि नगद सहित र्’दर्शक छनोट पुरस्कार’ प्राप्त गर्नेछन् ।

एउटा फिल्मलाई उत्कृष्ट जुरी अवार्ड प्रदान गरिनेछ । नेपालका आदिवासी विषयमा बनेका फिल्ममध्येबाट उत्कृष्टले प्रोत्साहन पुरस्कार २५ हजार रुपैयाँ पाउने छ भने आदिवासी समुदायका फिल्मकर्मीले गैर-आदिवासी विषयमा निर्माण गरेका मध्येबाट उत्कृष्ट हुनेलाई उत्कृष्ट नेपाली प्यानोरमा पुरस्कार तथा १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महोत्सवमा फिल्मका विभिन्न विषयमा दैनिक एउटा गोष्ठी तथा फिल्म कार्यशाला पनि गरिने महोत्सव निर्देशक सञ्जोग लाफा मगरले बताए । हस्तकला, पुस्तक, श्रव्यदृश्य प्रदर्शनी, आदिवासी जनजातिको कला प्रदर्शनीले महोत्सवमा विविधता थपिने आयोजकको विश्वास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>