खेलकुदसोमबार, मंसिर ३, २०७०

ट्वान्टी–२० छनौटको तेश्रो खेलमा नेपाल पराजित

हिमालखबर

फाइल तस्वीर

आईसीसी ट्वान्टी– २० विश्वकप क्रिकेट छनौटको आफ्नो तेश्रो खेलमा नेपाल पराजित भएको छ । युएईमा चलिरहेको छनौट खेलमा दुई जीत आत्मसाथ गरेको नेपाल ३ मंसिरको तेश्रो खेलमा भने स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्याण्डले ४ बल बाँकी छँदै भेट्टायो । स्कटल्याण्डको जीतमा क्यालम म्याक्लिओड नायक बने । उनले नटआउट ८२ रनको योगदान गरे । कप्तान पारस खड्का र वसन्त रेग्मीले लिएको एक– एक विकेट नेपाललाई जिताउन पर्याप्त रहेन ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा १३७ रन मात्रै बनायो । विनोद भण्डारीले सर्वाधिक २८, पारस खड्काले २७, शरद भेषवाकरले १६, ज्ञानेन्द्र मल्ले १४, वसन्त रेग्मीले १३ र सागर पुनले ११ रन बनाए । सुवास खकुरेलले ६, नटआउट रहँदै अनिल मण्डलले ८ र शक्ति गौचनले १ रन जोडे ।

समूह ‘बी’ मा रहेको नेपालले अझै पनि बलिया मानिएका प्रतिद्वन्द्वीको सामना गर्न बाँकी नै छ । नेपाल ४ मंसिरमा पपुवा न्यू गिनीसँग भिड्ने छ । समूह ‘बी’ मा रहेका अफगानिस्तान, र नेदरल्याण्ड तुलनात्मक रुपमा बलिया मानिन्छन् ।

नेपाल रहेको समूहमा अफगानिस्तान, स्कटल्यान्ड, डेनमार्क, नेदरल्याण्ड, पपुवा न्यु गिनी, केन्या र बर्मुडा छन् । समूह ‘ए’ मा भने आयरल्याण्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् ।

कूल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...