समाचारबुधबार, आषाढ २७, २०६९

विशेष बजेट अस्वीकार्यः प्रतिपक्षी दल

हिमालखबर

२७ असारमा शीतलनिवास पुगेर प्रतिपक्षी दलका नेताहरूले सरकारले एकतिहाई बजेट मात्रै ल्याउन सक्ने बताएका हुन् । विगतमा सुरेन्द्र पाण्डे र रामशरण महतले सरकार कामचलाउ भएको बेलामा ल्याए जस्तै कुल बजेटको एक तृतीयांश मात्रै बजेट प्रस्तुत गर्नुपर्ने धारणा आफूहरूले राखेको नेकपा मालेका महासचिव सीपी मैनालीले हिमालखबरलाई जानकारी दिए ।

२६ असार बसेको र्सवदलीय बैठकमा पूर्ण बजेट नल्याउने सहमति भए पनि एमाओवादी नेतृत्वको सरकारले विशेष बजेट ल्याउन खोजेको विषय राष्ट्रपतिलाई अवगत गराएको मैनालीले बताए । मैनालीले भने, “राजस्व दर परिवर्तन गरिएको वा नयाँ कार्यक्रम समेटिएको बजेट हामी मान्दैनौं ।”

राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापति सुशील कोइराला, कृष्ण सिटौला, रामशरण महत, एमाले अध्यक्ष झलनाथ खनाल, बामदेव गौतम, विष्णु पौडेल, राष्ट्रिय जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनी, नेकपा मालेका सीपी मैनाली लगायतका नेताहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>