समाचारबुधबार, आषाढ २७, २०६९

प्रम भट्टराईसँग भारतीय सेनाध्यक्ष सिंहको भेट

हिमालखबर

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २७ असारमा भएको भेटमा दुइ देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा छलफल भएको थियो । करीब आधा घन्टा भएको भेटवार्तापछि पत्रकारको जिज्ञासामा सङ्क्षिप्त प्रतिक्रिया दिँदै भारतीय सेनाध्यक्ष सिंहले आफू भारतीय जनता र सेनाको शुभकामना लिएर नेपाल भ्रमणमा आएको र सोही सिलसिलामा प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता भएको जानकारी दिए ।

एक प्रश्नको जवाफमा उनले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिन्छ भन्ने आफ्नो भ्रमणले समेत पुष्टि गरेको उल्लेख गरे । सेनाध्यक्ष सिंहले भारत सरकारले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगका बारेमा दुवै देशको नीति बमोजिम प्रक्रिया अघि बढ्ने बताए । भेटमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादको पनि उपस्थिति थिए ।

प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा भारतीय सेनाध्यक्ष सिंह नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि २६ असारमा नेपाल आएका हुन । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>