समाचारबुधबार, आषाढ २७, २०६९
दाहालको प्रतिवेदन पढ्दै एमाओवादी पोलिटब्यूरो सदस्य
२७ असारमा बैठक बसेलगत्तै अध्यक्ष दाहालले सङ्क्षिप्त मन्तव्य राख्दै सदस्यहरुलाई प्रतिवेदन पढ्न आग्रह गरेको पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिए । एमाओवादीले प्रतिवेदन कार्यालयमै बसेर पढ्ने र पढिसकेपछि केन्द्रीय कार्यालयमै छाड्न निर्देशन दिइएको छ ।
२८ असारमा बस्ने बैठकमा प्रतिवेदनमाथि पोलिटब्युरो सदस्यले आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ । अध्यक्ष दाहालद्वारा प्रस्तुत ३८ पृष्ठको प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछिको समीक्षा, पार्टी फुट र संविधानसभा विघटनपछिको अवस्थामा कसरी अगाडि बढ्ने उल्लेख छ ।
बैठकबाट पारित प्रतिवेदनलाई १ साउनदेखि सुरु हुने सातौँ विस्तारित बैठकमा प्रस्तुत गरिनेछ । पार्टी विभाजनपछि पहिलोपटक बसिरहेको पोलिटब्युरो बैठक २५ असारदेखि सुरु भएको हो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
