समाचारबिहीबार, आषाढ २८, २०६९

चार सह-सचिव, सचिवमा बढुवा

हिमालखबर

२८ असार बिहान बसेको बैठकले दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, धनबहादुर तामाङ र र्सूयप्रसाद सिलवाललाई सचिवमा बढुवा गरेको शिक्षा मन्त्री दीनानाथ शर्माले जानकारी दिएका छन् । बढुवा समितिले सिफारिस गरेका १२ सह-सचिव मध्ये सरकारले चार जनालाई सचिवमा बढुवा गरेको हो ।

दलहरुबीचको सहमति अनुसार पूर्ण बजेट नल्याइने भए पनि आशिंक बजेट कि एक तृतीयांश भन्नेमा सरकारले छलफल गरिरहेको सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।  लडाकु व्यवस्था र चुनाव खर्चका लागि आशिंक बजेटको पक्षमा आफूहरु रहेको यादवको भनाई छ ।

बैठकले बुढी गण्डकी जलाशययुक्त आयोजनाका लागि कुवेत सरकारले दिने भएको रु. एक अर्ब ५८ करोड ४० लाख ऋण सहयोग लिने निर्णय गरेको पनि यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>