ब्लगमंगलबार, मंसिर ४, २०७०

‘बरू मलाई मारेको भए हुन्थ्यो’

Meena Sharma

वीर अस्पतालमा उपचारत घाईते बालकको अवस्था हेरिनसक्नुको छ । ४ मंसिर विहान सवा १० बजे अस्पताल पुग्दा समिरकी आमा बिलौना गर्दैै थिइन् ”बरु मलाई मारी दिएको भए हुन्थ्यो, छोरालाई केहि भए म कसरी बाँचुला ।” छोराको उपचार चलिरहेको बेला उनले भनिन्, ”मेरो छोरालाई कसरी निको गराउने होला ।”

छोराको अवस्था देखेर अर्धमुच्छित अवस्थामा रहेकी आमाको सरकारप्रति पनि कडा आक्रोश थियो । उनले भनिन्, ”यसरी बम पड्काउँदा पनि किन सरकारले केही गर्दैन ?” निर्दोष बालबालिकालाई अङ्गभङ्ग गराएकोमा स्थानीयवासीले पनि चर्को आक्रोश पोखिरहेका थिए ।

वीर अस्पतालमा समिरको दर्दानक अवस्था हेरेर भोटे बहाल पुग्दा उनका आफन्तले औंलाको टुक्रा खोजिरहेका थिए । भुँई भरी रगत र घरको भित्तामा रगत र मासुका टुक्रा देख्दा मन कुडियो र आँखा रसाए । शरीरबाट बमका सबै छर्रा निकाले पनि त्यसको पिडाले छटपटाएका बालकको अवस्था देख्दा वरीपरी रहेका बिरामी र उनका कुरूवा पनि त्रसित देखिन्थे ।

भोटेबहालको यो घटनाले फेरि एक पटक १० वर्षे सशस्त्रको द्वन्द्वको स्मरण गराई दियो । बच्चा र परिवारको अवस्था देख्दा आँशु थाम्न सक्ने अवस्थामा कोही थिएनन् ।

समिरकी आमाले भने जस्तै बालबालिकमाथि यसरी आक्रमण गर्नेलाई सरकारले कारवाही चाहिँ किन गर्दैन ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>