समाचारबिहीबार, आषाढ २८, २०६९
त्रिवि आङ्गिक क्याम्पसमा पठनपाठन अवरुद्ध
बढेको तलब र पोसाकभत्ता हालसम्म पनि प्राध्यापक र कर्मचारीले नपाएकाले दबाबस्वरुप सङ्घले २८ असारमा सबै आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्र बन्द गराएका हुन । सङ्घको दुइ दिने बन्दका कारण मुलुकभरका ६० आङ्गिक क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।
सङ्घका महासचिव प्रेमराज खनियाँले आफूहरुले राखेका माग यही असार ३१ गतेभित्र सम्बोधन नगरे पुनः थप सङ्र्घर्षका कार्यक्रम तय गर्ने जानकारी दिए । आफूहरुले बढेको तलब र पोसाकभत्ता पाउनुपर्ने, विश्वविद्यालयलाई अनुसन्धान थलोका रुपमा विकास गर्नुपर्ने, करार सेवामा कार्यरतलाई स्थायी गर्नुपर्ने, उमेरको हदबन्दी २१ देखि लगाउन नहुने, स्नातक तहलाई चारवर्षो गर्नुपर्ने, दुर्घटना बिमा र स्वास्थ्य बिमाको व्यवस्था हुनुपर्ने, अध्ययन बिदामा उमेर हद बढाउनुपर्ने लगायतका २२ बुँदे माग राखेको खनियाँले जानकारी दिए ।
सङ्घले आफ्ना मागका बारेमा त्रिवि र त्रिवि अनुदान आयोगका पदाधिकारीलाई अवगत गराउँदा समेत त्यसतर्फकुनै पहल नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको दाबी गरेको छ । उपत्यकामा २२ र उपत्यका बाहिरका ३८ गरी मुलुकभरका ६० आङ्गिक क्याम्पस र चार अनुसन्धान केन्द्रमा १५ हजार २७६ प्राध्यापक र कर्मचारी कार्यरत छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
