समाचारबिहीबार, आषाढ २८, २०६९
बजेटबारे भारतीय राजदुतको विज्ञासा
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा २८ असारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको थियो । भेटमा भारतीय राजदूतले पछिल्लो राजनीतिक घटनाक्रम र आर्थिक वर्ष २०६९/०७० को बजेटबारे जिज्ञासा राखेको र दाहालले वर्तमान राजनीतिक सङ्कट समाधान गर्न राजनीतिक दलबीच वार्ता र संवाद जारी रहेको बताएको उनका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
अध्यक्ष दाहालले दलहरुकै सहमतिमा नयाँ बजेट ल्याइने र त्यसको तयारीका लागि आफ्नै पार्टीको पहलमा र्सवदलीय बैठक समेत भइसकेको बताएका थिए । दाहालले नेपालको विकासमा सहयोग बढाउन भारतीय राजदूतलाई आग्रह समेत गरे । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
