समाचारबिहीबार, आषाढ २८, २०६९

पूर्व राजालाई पार्टी खोल्न एमाले नेता नेपालको चुनौति

हिमालखबर

प्रेस चौतारी दाङद्वारा २८ असारमा घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले राजसंस्था फर्कन सक्छ भनेर हिड्नु भन्दा पार्टी खोल्न सुझाएका हुन । उनले अन्य विकल्पको रुपमा शाहलाई उद्योग व्यावसाय गर्न वा धार्मिक तीर्थस्थल घुम्न सुझाव दिए । कार्यक्रममा नेता नेपालले भने-‘लोकतन्त्रको बाटोमा गईसकेको युग फेरी बंशाणु युगमा फर्कने कल्पना गर्नु दिवा सपना मात्र हो ।’

अर्को प्रसंगमा पूर्व प्रधानमन्त्री नेपालले राजनीतिक संकट समाधानको एक मात्र बिकल्प प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा भएको बताए । दलहरुबीच भएका सहमति १४ जेठपछि बिथोलीएकाले देशमा राजनीतिक र आर्थिक संकट उत्पन्न भएको उनको भनाई थियो । राष्ट्रिय सहमतिको सरकारमा जोड दिएका नेता नेपालले एमाओबादी सहमतिको बाधक भएको उल्लेख गरे ।

राप्ती अञ्चलका पार्टी नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेपालसँगै एमाले उपाध्यक्ष बामदेब गौतम र सचिव युवराज ज्ञवाली दाङ आएका छन् ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>