Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको तेस्रो जीत, पपुवा न्यूगिनी ७ विकेटले पराजित - Himalkhabar.com

खेलकुदमंगलबार, मंसिर ४, २०७०

नेपालको तेस्रो जीत, पपुवा न्यूगिनी ७ विकेटले पराजित

हिमालखबर

खेलका म्यान अफ द म्याच विनोद भण्डारी

आईसीसी ट्वान्टी– २० विश्वकप क्रिकेट छनौटमा नेपालले तेस्रो जीत हात पारेको छ । युएईमा ४ मंसीरमा भएको आफ्नो चौंथो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ७ विकेटले हरायो ।

पपुवा न्यू गिनीले दिएको १४१ रनको लक्ष्य नेपालले १० बल बाँकी छँदै भेट्टायो ।

नेपालको जीतमा म्यान अफ दी म्याच विनोद भण्डारीले २३ बलमा हानेको ५१ रन नै निर्णायक रह्यो । नेपालका लागि कप्तान पारस खड्काले नटआउट २६ रनको योगदान गरे । सुवास खकुरेलले ३८, सागर पुन र ज्ञानेन्द्र मल्लले १०– १० रन जोडे ।

टस जितेर पहिलो ब्याटिङ गरेको पपुवा न्यू गिनीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले ३, अमृत भट्टराईले २ र जितेन्द्र मुखियाले १ विकेट लिए ।

नेपालले ५ मंसीरमा नेदरल्याण्डस्सँग खेल्नेछ । लगातार दुई खेल जितेको नेपाल आफ्नो तेस्रो खेलमा भने स्कटल्याण्डसँग हारेको थियो ।

कूल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>