समाचारशुक्रबार, आषाढ २९, २०६९
पूर्व सभासद्हरुले काँग्रेस सभापति भेटे
कोइराला निवास महाराजगंजमा २९ असार विहान भएको भेटमा पूर्व सभासदहरुले संविधानसभा पुनःस्थापना गरेर संविधान लेखनका सम्बन्धमा विवादित विषयमा समाधान खोजेर बाँकी काम टुङ्ग्याएर राजनीतिक निकास खोज्न आग्रह गरेका हुन् । भेटमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा-माओवादीलगायत अन्य साना दलका विघटित संविधानसभाका सभासद्हरुको सहभागि थिए ।
सभापति कोइरालाले संविधानसभा विघटन हुनुमा नेपाली काँग्रेसको दोष नरहेको बताउँदै मागका सम्बन्धमा पार्टी सकारात्मक भएर अन्य दलहरुसँग पनि छलफल गर्ने आश्वासन दिएको कांग्रेस सभापति शोभाकर पराजुलीले जानकारी दिए ।
टोलीले एनेकपा माओवादी, नेकपा एमाले र नेकपा-माओवादी अध्यक्षसमेतलाई भेटेर आफ्ना मागहरुमा सहमति जनाउन आग्रह गर्ने भएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
