समाचारशुक्रबार, आषाढ २९, २०६९

प्रधानमन्त्रीले राजीनामा नदिए मुठभेडको अवस्था आउँछः नेता नेपाल

हिमालखबर

प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा २९ असारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले नैतिक राजनीतिक र संवैधानिक अधिकार नभएका प्रधानमन्त्री भट्टर्राईले पद नछाडे जनतामाझ जाने र जनताकै बलले सत्ताबाट हटाउने बताए ।

पूर्व प्रधानमन्त्री नेपालले भट्टराईको अटेरीका कारण पूर्व राजा सल्बलाउन थालेको तर राजतन्त्रको पुनःआगमनको सपना नदेख्न ज्ञानेन्द्र शाहलाई चेतावनी दिए । पत्रकारहरूको प्रश्नमा राजासँग राजतन्त्र राख्ने विषयमा कुनै सम्झौता नभएको स्पष्ट गर्दै नेता नेपालले भने, “गिरिजाबाबु मरेर गए पनि म जिउँदै छु निर्धक्कसँग भन्छु कुनै सम्झौता भएको छैन ।”

आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन हुने सम्भावना नरहेको भन्दै आउँदो वैशाखसम्ममा स्थानीय र संसदीय निर्वाचन गर्नुपर्ने उनको भनाई थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>