अर्थ/बजारआइतबार, आषाढ ३१, २०६९

चार महिनाका लागि रु. १६१ अर्बको बजेट प्रस्तुत

सन्त गाहा मगर

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको हलबाट ३१ असारमा अर्थ मन्त्रीले चालू आर्थिक वर्षो एक तृतीयांश बजेट प्रस्तुत गरेका हुन । उनले आगामी चुनाव, लडाकु समायोजन र सुरक्षा महानिर्देशनालय स्थापनाका लागि समेत रकम विनयोजन गरेका छन् । संविधानसभा निर्वाचन खर्च रु ३ अर्ब, स्वऐच्छिक अवकाश रोजेका माओवादी लडाकुले पाउने खर्च रु. ३ अर्ब ६६ करोड १३ लाख र सेना  समायोजन सम्बन्धी राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय गठनका लागि रु ३ अर्ब विनीयोजन गरेका छन् ।

अर्थ मन्त्री पुनले दलहरुबीचको असहमतिका कारण पूर्ण बजेत  ल्याउन नपाउदा बेरोजगार भत्ता, राम्रा किसानलाई राष्ट्रपति सम्मान जस्ता कार्यक्रम ल्याउने नपाएको बताए ।

यसअघि राष्ट्रपति डा‍‍‍. रामवरण यादवले चालु आर्थिक वर्ष २०६८/०६९ कै कुल रकमको एक तृतीयांश रकम आर्थिक वर्ष २०६९/०७० मा सञ्चालन गरिने सेवा र कार्यहरुको लागि आर्थिक अध्यादेश जारी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>