Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भ्वाइस इन द क्लाउड्सले मार्‍यो बाजी - Himalkhabar.com

रमझमसोमबार, साउन १, २०६९

भ्वाइस इन द क्लाउड्सले मार्‍यो बाजी

Rishiram Kattel

इन्डिजिनियस फिल्म अर्काईभ(आइफा)को आयोजनामा २८-३१ असारमा सम्पन्न महोत्सवमा भूतप्रेतको कथामा आधारित कर्टिस टेलरले निर्देशन गरेको अष्ट्रेलियन चलचित्र मामू/घोष्ट महोत्सवमा फष्ट रनरअप बन्दै सिल्भर ड्रम अवार्ड प्राप्त गर्न सफल भयो । सेकेण्ड रनरअप भने क्यानाडेली निर्देशक माइकल डिरोजिरले निर्देशन गरेको चलचित्र इगल भर्सेस स्प्यारोले प्राप्त गरि ब्रञ्ज ड्रम अवार्ड को पगरी आफ्नो पोल्टामा पार्‍यो ।

महोत्सवमा लुम्बिनीको फरक पाटोको उत्खननसम्बन्धी वृत्तचित्र इम्प्रेसन अफ लुम्बिनीले १५ हजार रुपैंयां राशीको नेपाली पानोरामा अवार्ड पायो जसलाई लुवज सिंहले निर्देशन गरेका थिए । लिम्बु कला, संस्कृति र अधिकारबारे आवाज उठाउन नसक्दाको कथा समेटिएको रवी शेर्माद्वारा निर्देशित चलचित्र केभा कोक्मा ले १५ हजार रुपैंया राशीको पब्लिक च्वाईस अवार्ड जित्यो।

पत्रकार फुलमान बलले निर्देशन गरेको लघुचलचित्र सेलफोनले २५ हजार रुपैंयासहित प्रोत्साहन पुरस्कार हात पार्‍यो । त्यस्तै जुरी अवार्ड कथाको चलचित्र द साउण्ड अफ वन लेग डान्सिङले जित्यो। दिलमान दिलाले यसको निर्देशन गरेका थिए।

४ दिने यो महोत्सवमा ३१ असार मासमापन गर्दै आयोजकले महोत्सवमा सहभागी २७ नेपाली निर्देशकलाई सम्मान गरेका थिए । आयेजक संस्थाका अध्यक्ष नविन सुब्बाले आगामी वर्षल्याटिन अमेरिकाका फिल्म कहोत्सवमा बाहुल्यता हुने बताए ।

नेपाल सहित २० देशका ७९ वटा फिल्म एवं डकुमेन्ट्री प्रदर्शन गरिएको यो महोत्सवमा आदीवासीका मुद्धा र विषयले बढि दर्शक तान्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीको सहभागितामा काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा भएको महोत्सवमा नेपालका २७ वटा छोटा, लामा फिल्म एवं डकुमेन्ट्री महोत्सवमा प्रदर्शन भए । खुलातर्फआदिवासी फिल्मकर्मीले निर्माण गरेका गैर आदिवासी विषयका तीनवटा फिल्म थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>