Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाहाल अलोकप्रिय नेता - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, मंसिर ९, २०७०

दाहाल अलोकप्रिय नेता

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जस्तो शक्तिशाली र प्रभावशाली नेतालाई हराउनुभयो नि ?
जनताले २०६४ को चुनावमा माओवादी अध्यक्ष दाहाललाई मत दिएर दुई ठाउँबाट जिताए, तर उहाँले न जनताको पक्षमा केही काम गर्नुभयो न त संविधानका लागि । प्रधानमन्त्री हुँदा पनि उहाँले केही गर्नुभएन । त्यसकारण उहाँ शक्तिशाली र प्रभावशाली दुवै होइन ।

अघिल्लो पटक दाहालसँगै पराजित हुनुभयो, अहिले जित्दा कस्तो लागिरहेको छ ?

त्यो वेला जंगलबाट भर्खरै संसदीय व्यवस्थामा प्रवेश गरेको माओवादी हार्‍यो भने फेरि हत्या–हिंसामा फर्केला भन्ने चिन्ता लोकतन्त्रवादीमा थियो । त्यसमाथि लडाकू र वाइसीएलको त्रास पनि थियो । तर, यस पटक त्यो नहुँदा काठमाडौं क्षेत्र नम्बर १० का मतदाताले मलाई सजिलै जिताए । मतदाताले उम्मेदवार चिनेर भोट दिएका हुन् भन्ने मलाई लाग्छ । माओवादी अध्यक्षले जनतालाई शब्दजालमा भुलाउने काम मात्र गर्नुभयो । यस पटक उहाँको नाटक मञ्चनलाई मतदाताले अस्वीकार गरे ।

अरू के कारणले जितें जस्तो लाग्छ ?
म गत २५ वर्षदेखि मतदाताहरूको बीचमा काम गरिरहेको छु, विकास निर्माणमा संलग्न छु । नेपाली कांग्रेसले जितेमा शान्ति सुरक्षा कायम भएर मुलुक समृद्धिको बाटोमा जाने विश्वासमा मतदाताले मलाई मत दिए ।

तपाईंले मतदातालाई दिएको आश्वासन पूरा हुन्छ त ?
यो चुनाव मूलतः संविधानसभाको हो । मैले मेरा मतदातालाई एक वर्षभित्र संविधान जारी हुन्छ भनेको छु । २०४८ सालमा पनि कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको थियो । हामी जनताको अपेक्षा अनुसार काम गर्छाैं । एक वर्षमा संविधान जारी गरेर अर्को चार वर्षसम्म विकास निर्माणका काम गर्छौं ।

जितिसकेपछि मतदाताप्रति तपाईंको थप सन्देश के छ ?
लोकतन्त्रका पक्षमा कांग्रेसको योगदानलाई कदर गरेकोमा म सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । संविधानसभा चुनावको प्रारम्भिक परिणाम हेर्दा कांग्रेसको नेतृत्वमा संविधान बन्ने देखिएको छ । सबैको पहिचान भेटियोस्, द्वन्द्व पनि मेटियोस् भन्ने हाम्रो एजेन्डामा एमाले पनि सहमत छ । मुलुकले धान्न सक्ने गरी सकेसम्म कम प्रदेश बनाउने कांग्रेसको चाहना छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>