Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालले विश्वकप खेल्ला ? - Himalkhabar.com

खेलकुदमंगलबार, मंसिर ११, २०७०

नेपालले विश्वकप खेल्ला ?

हिमालखबर

बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा खेल्न युएईमा चलिरहेको छनौट खेलमा १२ मंसीरमा हङकङसँग हारे पनि नेपालले नामिबिया र पुपुवा न्युगिनीबीचका पराजित टीमसँग १३ मंसीरमा खेल्न पाउने छ । हङकङ नभए चौंथो र पाँचौं स्थानका पराजित टीमलाई  जित्यो भने पनि नेपालका लागि विश्वकपको यात्रा निश्चित हुनेछ । फेरि नेपालका लागि ती दुवै सहज प्रतिस्पर्धी पनि हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेल आत्माविश्वास देखाउँदै भन्छन्  “नेपालले विश्वकप क्रिकेट खेल्ने निश्चित छ ।”

नेपालसँग तीन वटै प्रतिस्पर्धी टीमलाई जित्ने सामथ्र्य रहेकाले प्याकुरेलको आत्माविश्वास अस्वाभाविक लाग्दैन । यसअघि पनि नेपालले ती टीमलाई जित्दै आएको हो ।

युएईमा चलिरहेको आईसीसी ट्वान्टी– २० विश्वकप क्रिकेट छनौटको समूहगत चरणमा नेपाल तेस्रो भएपछि नेपाललाई दुई विकल्प प्राप्त भएको हो । अन्तिम खेलमा केन्या अफगानिस्तानसँग पराजित भएपछि र स्कटल्यान्डले जितेर पनि नेट रनरेटका आधारमा  पछि पर्‍यो र नेपाल समूहको तेस्रो स्थानमा आयो ।

समूहको चौंथो र पाँचौं स्थानमा रहने टोलीले विश्वकप खेल्न दुई खेल जित्नुपर्ने प्रावधान छ । तर, पहिलो खेलमै हारे उनीहरु छनोट दौडबाट बाहिरिनुपर्छ । त्यस् हिसाबले अहिले नेपालको संभावना बढी छ ।

नेपाल विश्वकपमा खेल्न सक्षम टीम देखिनुमा ब्याटिङ सुध्रिनु पनि हो । प्रशिक्षक जगत टमाटा भन्छन्, “पछिल्लो समयमा नेपालको ब्याटिङ निक्कै सुध्रिएको छ, जस्ले गर्दा नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ  । टमाटा क्रिकेटमा एक्स्पोजर र समर्थकको बलियो साथले पनि नेपाली खेलाडीमा जित्छौं भन्ने आत्मविश्वास बढाएको बताउँछन् ।  उनी भन्छन्, “भाग्यको साथ र खेलाडीमा बढेको आत्मविश्वासका कारण योपटक नेपाल विश्वकपमा छनौट हुने सम्भावना बढी देखिएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>