खेलकुदबुधबार, मंसिर १२, २०७०

नेपालको ऐतिहासिक जीत, विश्वकप क्रिकेटमा छनौट

हिमालखबर

नेपालले विश्वकपको यात्रा तय गरेको छ । युएईमा चलिरहेको आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनौटमा हङकङलाई हराए पछि नेपाल विश्वकपमा पुगेको छ ।

नेपालले अब अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा खेल्नेछ । नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो ।

युएईको जायद क्रिकेट स्टेडियममा १२ मंसीरमा नेपालले हङकङलाई ५ विकेटले हरायो । हङकङले दिएको १४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ८ विकेट गुमाएर १४३ रन जोडेको थियो । नेपाली बलरले हङकङका ब्याट्सम्यानलाई २५ भन्दा बढी रन जोड्न दिएनन् । नेपालका जितेन्द्र मुखियाले तीन र अभिनाश कर्णले दुई विकेट लिए ।



________________________________________________

नेपाल १४ ओभर, ९२ रन/ ३ विकेट ।
नेपाल १३ ओभर, ८७ रन/ ३ विकेट ।
नेपाललाई तेस्रो झड्का  । ज्ञानेन्द्र मल्ल ३० रनमा आउट ।

नेपाल १२ ओभर, ८० रन/ २ विकेट । ज्ञानेन्द्र मल्ल २९, पारस खड्का ११ ।

नेपाल १० ओभर, ६४ रन/ २ विकेट
नेपाल ९ ओभर, ५८ रन/ २ विकेट
नेपाललाई अर्को झड्का । सागर पुन २२ रनमा आउट । कप्तान पारस खड्का क्रिजमा आएका छन् ।

नेपाल ७ ओभर , ५२ रन/ १ विकेट) सागर पुन २० रन, ज्ञानेन्द्र मल्ल १५ ।
नेपाल (६ ओभर , ४२ रन/ १ विकेट) सागर पुन १७ रन, ज्ञानेन्द्र मल्ल ८ ।
नेपाल- ५ ओभर , ३४ रन/ १ विकेट । सागर पुन १५ रन, ज्ञानेन्द्र मल्ल १ ।
नेपाललाई पहिलो झड्का । सुवास खकुरेल १६ रनमा आउट ।

नेपाल ४ ओभर, २८ रन/० विकेट ।
नेपाल- ३ ओभर, १८ रन/० विकेट ।
नेपाल- २ ओभर, १३ रन/ ० विकेट ।
नेपाल १ ओभर, ४ रन/० विकेट ।

_नेपाल- ३ ओभर, १८ रन/० विकेट ।
नेपाल- २ ओभर, १३ रन/ ० विकेट ।
नेपाल १ ओभर, ४ रन/० विकेट ।
__________________

युएईमा चलिरहेको आईसीसी ट्वान्टी– २० विश्वकप क्रिकेट छनौटमा नेपाल र हङकङ भिडिरहेका छन् । यी दुईबीचको जित्ने टीमले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी– २० विश्वकप क्रिकेट खेल्नछ ।
टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले १४४ रनको लक्ष्य पाएको छ । नेपाली बलरले हङकङका ब्याट्सम्यानलाई २५ भन्दा बढी रन जोड्न दिएनन् । जितेन्द्र मुखियाले तीन र अभिनाश कर्णले दुई विकेट लिए ।
केहिबेरमै नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
हङकङसँग हारे पनि नेपालको विश्वकप खेल्ने संभावना कायमै रहन्छ । नेपालले नामिबिया र पुपुवा न्युगिनीबीचका पराजित टीमसँग १३ मंसीरमा खेल्न पाउने छ र जीत हात पारे विश्वकप खेल्न पाउँनेछ ।
युएईमा चलिरहेको आईसीसी ट्वान्टी– २० विश्वकप क्रिकेट छनौटको समूहगत चरणमा नेपाल तेस्रो भएपछि नेपाललाई दुई विकल्प प्राप्त भएको हो । अन्तिम खेलमा केन्या अफगानिस्तानसँग पराजित भएपछि र स्कटल्यान्डले जितेर पनि नेट रनरेटका आधारमा पछि प¥यो र नेपाल समूहको तेस्रो स्थानमा आयो ।

समूहको चौंथो र पाँचौं स्थानमा रहने टोलीले विश्वकप खेल्न दुई खेल जित्नुपर्ने प्रावधान छ । तर, पहिलो खेलमै हारे उनीहरु छनोट दौडबाट बाहिरिनुपर्छ । त्यस् हिसाबले अहिले नेपालको संभावना बढी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...