समाचारबुधबार, साउन ३, २०६९
भट्टराईलाई पदबाट गलहत्याउनु पर्छः गजुरेल
राजधानीमा ३ साउनमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले प्रधानमन्त्री भट्टराई सजिलै कुर्सी छाड्ने अवस्थामा नभएकाले आन्दोलनबाट गलहत्याउनु पर्ने बताएका हुन । स्वेच्छाचारी बन्दै गएको भन्दै भट्टराईलाई बालुवाटार र सिंहदरबारबाट हटाउन आफूहरु कांग्रेस र एमालेसँग मोर्चा कस्न तयार भएको गजुरेलको भनाई छ । प्रधानमन्त्रीलाई पदच्यूत गर्ने वाहेकका कुरा भने कांग्रेस र एमालेसँग आफ्नो पार्टीको विचार नमिल्ने उनले बताए ।
पार्टी अध्यक्ष मोहन वैद्य चीन भ्रमणमा गएकाले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका गजुरेलले राजधानीमा जारी विस्तारित बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध’ शब्द उल्लेख नगरेको भन्दै आफूहरु मातृपार्टीमा फर्कने संभावना नरहेको बताए । अन्तराष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई मर्मत गर्न दिएको विषय र विप्पा सम्झौताबारे दस्तावेजमा उल्लेख नभएको भन्दै गजुरेलले त्यसको पनि विरोध जनाए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पुनः राजा बन्ने सपना बोकेको भए त्यो कुनै हालतमा पुरा नहुने नेता गजुरेलको भनाई थियो । उनले गोलमेच सम्मेलन आयोजना हुने अवस्थामा समेत शाहलाई सहभागी नबनाउने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
