रमझमशुक्रबार, मंसिर १४, २०७०
रंगमञ्चमा राजेश
नेपाली चलचित्रका सुपरस्टार राजेश हमाल रंगमञ्चमा पनि देखिएका छन्। उनले अभिनय गरेको नाटक कोर्ट मार्सल ८ मंसीरबाट थिएटर भिलेज, लाजिम्पाटमा शुरू भएको छ। अनुप बराल निर्देशित यो नाटकमा हमाल कर्णेल रूपक सिंहको भूमिकामा छन्।
नाटकले सिनियर अफिसरलाई गोली हान्ने सिपाहीलार्ई हुने कोर्ट मार्सल को कथा भन्छ। भारतीय नाटककार स्वदेश दीपकको कोर्ट मार्सल को नेपाली अनुवाद निर्देशक बराल र प्रकाश घिमिरेले गरेका हुन्।
सेनाभित्रको विभेद र पदको दुरुपयोग नेपाली परिवेशसँग पनि मिल्ने भएकाले यो नाटक मञ्चन गरेको बरालले बताए। उनले यो नाटकमा हमालले निकै मिहिनेत गरेको पनि बताए। हमालले आफ्नो पहिलो फिल्म युगदेखि युगसम्म को छायांकनताका नाटकमा पनि अभिनय गरेका थिए। त्यसयता उनी लगातार फिल्ममा थिए।
यो नाटकमा दयाहाङ राई, दिया मास्के, सुभाष थापा, बीएस राणा, कर्मा लगायत ३० कलाकारको अभिनय छ। डेढ घन्टाको नाटक एक महीनासम्म चल्नेछ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
