खेलकुदशुक्रबार, मंसिर १४, २०७०

सेमिफाइनलमा नेपाल पराजित, अफगानिस्तान ७ विकेटले विजयी

हिमालखबर

साढे तीन महिना पछि बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको नेपाल युएईमा चलिरहेको छनोटको सेमिफाइनलमा हारेको छ । अबुधावीको शेख जायेद स्टेडियममा अफगानिस्तान विरुद्ध उत्रिएको नेपाल ७ विकेटले हारेको हो ।

नेपालले दिएको ९१ रनको लक्ष्य अफगानिस्तानले १४.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उत्कृष्ट बलिङ र ब्याटिङ गरेको अफगानिस्तान जीतसँगै आईसीसी ट्वान्टी– २० विश्वकप छनोटको फाइनलमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्रै बनायो ।


नेपालका शरद भेषवाकरले आउट नभई २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले १४ र कप्तान पारस खड्काले १३ रन बनाए । ओपनर सागर पुन २ र सुवास खकुरेल ३ रन बनाउँदै आउट भएपछि नेपाल सुरुदेखि नै दवावमा परेको थियो । विनोद भण्डारी ३, प्रदीप ऐरी ७, शक्ति गौचन २ र बसन्त रेग्मी ८ रनमा आउट भए ।

नेपालले समूह चरणमा व्यहोरेको हारको बदला सेमिफाइनलमा पनि लिन सकेन । समूह चरणमा पनि नेपाल अफगानिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

विश्वकप छनोटमा अहिलेसम्म नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । विश्वकप छनोटमा नेपाल र अफगानिस्तान तेस्रो पटक आमने सामने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...