खेलकुदबिहीबार, साउन ४, २०६९

धनुषा र कास्की अन्तिम १६ मा

हिमालखबर

महिला फुटबल टीम कास्की

३ साउनमा भएको खेलमा धनुषा र पाँचथरबीच निर्धारित समयमा ३-३ को बराबरी भएपछि २० मिनेट थपिएको थियो । अतिरिक्त समयमा प्रमिला सुनुवारको गोलले धनुषालाई विजयी बनायो । धनुषाका लागि निर्धारित समयमा सुनुवारले १ र सविता राईले दुई गोल गरेका थिए । ज्योति सावदनको २ र माया इस्वोको एक गोल पाँचथरलाई जित दिलाउन प्रर्याप्त भएन ।

कास्कीका लागि विमला चौधरीले ह्याटि्रक गरिन् । चौधरीले ९, ५५ र ६४ मिनेटमा गोल गरेकी थिइन भने सुस्मिता गुरुङ्गले तेस्रो मिनेटमा गरेको गोलले कास्कीले अग्रता लिएको थियो । सर्लाहीका लागि टीम कप्तान मनीषा चौधरीले ३६ औं र ५० औं मिनेटमा गोल गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...