Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
क्रिकेट खेलाडीलाई नगर परिक्रमा गराइने - Himalkhabar.com

खेलकुदआइतबार, मंसिर १६, २०७०

क्रिकेट खेलाडीलाई नगर परिक्रमा गराइने

हिमालखबर

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई नगर परिक्रमा गराउने तयारी गरेको छ । युएईमा ट्वान्टी– २० विश्वकप क्रिकेट छनोट खेलेर स्वदेश फर्किएको चार दिन पछि १९ मंसीरमा क्रिकेट खेलाडीलाई नगर परिक्रमा गराइने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले हिमालखबरसँग बताए ।

प्याकुरेलले भने, “क्रिकेट खेलाडीलाई औपचारिक रुपमा १९ मंसीरमा नगर परिक्रमा गराउने क्यानले निर्णय गरेको छ ।” छनोट प्रतियोगितामा तेस्रो भएको राष्ट्रिय टीम १६ मंसीर साँझ ६ बजे स्वदेश फर्किदै छ ।

खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने क्यानले जनाएको छ । राष्ट्रिय टीमलाई मुख्य सचिव लीलामणी पौडेलले स्वागत गर्ने तयारी भइरहेको छ ।

युएईमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा १२ मंसीरमा हङकङलाई हराउँदै नेपाल ट्वान्टी– २० विश्वकपमा पुगेको छ । प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पार्‍यो । अबुधावीमा १५ मंसीरमा आयोजक युएईलाई ५ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

नेपालले२९ पुषदेखि न्यूजिल्याण्डमा एक दिवसीय विश्वकप छनोट खेल्दैछ । त्यसलगत्तै २ चैतदेखि बंगलादेशमा हुने ट्वान्टी– २० विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टीम सहभागी हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>