खेलकुदआइतबार, मंसिर १६, २०७०

क्रिकेट टीमको भव्य स्वागत (फोटो फिचर)

बिक्रम राई

नेपाललाई टी–ट्वान्टी विश्वकपमा पुर्‍याएर ऐतिहासिक सफलता हात पारेको क्रिकेट टीमको काठमाडौंमा भव्य स्वागत भएको छ । युएईमा खेलेर १६ मंसीरमा काठमाडौं आइपुगेका राष्ट्रिय क्रिकेट खेलाडीको सरकारका प्रतिनिधि, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, खेलाडीका आफन्त र समर्थकले भव्य स्वागत गरेका हुन् ।

खेलाडीलाई स्वागत गर्न नेपाली समर्थक स्वतःस्फूर्त रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उनीहरुको हातमा फूलमाला, अवीर र राष्ट्रिय झण्डा थियो भने सबैको ओठमा जय जयकार ।

समर्थकले नामै लिएर खेलाडी र प्रशिक्षकको जय जयकार गरे । खेलाडी चढेको गाडीको अघिपछि जय जयकार गर्दै उनीहरुले खेलाडीलाई सम्मान दिएका थिए ।

खेलाडीको सम्मानमा त्रिभुवन विमानस्थलमा देखिएको केहि दृष्यः



प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...