Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धोकालाई धक्का - Himalkhabar.com

रिपोर्टसोमबार, मंसिर १७, २०७०

धोकालाई धक्का

हिमालखबर

एमाओवादीकै कार्यकर्ता झापाका युवराज दाहालले यसपटक पार्टीलाई भोट दिएनन् ।

चितवनको पदमपुर–८ भीमपुरका झलेन्द्र गुरुङ (२७) लाई ९ भदौ २०५९ को राति सरकारी सेनाले थुतेर लैजाँदा उनकी श्रीमती मंगली ६ महीनाकी गर्भवती थिइन् । भोलिपल्ट बिहान रेडियोले भिडन्तमा झलेन्द्र मारिएको खबर फुक्यो । बिहे भएको ९ महीनामै खोसिएका श्रीमान्को सास वा लाशको आशले मंगली पटक–पटक काठमाडौं पुगिन्, तर केही पाइनन् । यसबीचमा उनलाई विवाह दर्ता र नागरिकता बनाउन मुद्दा लड्नु पर्‍यो ।

माइतीको सहयोगमा छोरी हुर्काइरहेकी उनले बेपत्ता श्रीमानको खोजीको क्रममा लिएको रु.८५ हजार ऋण तिर्न सकेकी छैनन् । काठ मिस्त्री झ्लेन्द्र पार्टी (माओवादी) को काममा हिँडथे । पार्टीका लागि झ्लेन्द्रले बलिदान दिंदा जम्मा २३ वर्ष पुगेकी मंगलीले गत निर्वाचनमा माओवादीलाई भोट दिइन् । यसपालि भने माओवादी उनको रोजाइमा परेन । “माओवादीले सहयोग त के वास्तासम्म गरेन”, मंगली भन्छिन्, “यस पटक कांग्रेस र एमालेलाई एक–एक भोट दिएँ ।”

आधार नै भत्क्यो
झपाका युवराज दाहाल (५२) ले पनि ४ मंसीरको निर्वाचनमा चितवनकी मंगलीकै मनस्थितिमा मतदान गरे । अलि अघिसम्म एमाओवादीका सक्रिय कार्यकर्ता युवराजले अब माओवादी राजनीतिले पुगेको बताए । उनको भाइ तारा मरे–बाँचेको थाहा छैन, घरपरिवारलाई ऋणको भार छ । “जुनीभरि पुग्ने पीर यही भयो”, १२ मंसीरको बिहान छोरासँगै रहेकी युवराजकी आमा चन्द्रकला (६९) ले काँप्दै भनिन् ।”

२०५९ तिहारको भाइटीमा केहीबेर घरमा झुल्किएका तारालाई त्यसको केही समयपछि सेनाले मारेको हल्ला चल्यो, तर आधिकारिक खबर मिलेन । २०५२ मै मिलिसिया भएका र पार्टी शान्ति प्रक्रियामा आएपछि पनि सक्रिय कार्यकर्ता रहेका युवराजले पूर्णकालीन कार्यकर्ता भाइको खोजीमा आकाश–पाताल गरे, तर केही लागेन । यस पटक झपा क्षेत्र नम्बर ६ बाट मतदान गरेका उनले जित्ने सम्भावनै नभएका स्वतन्त्र उम्मेदवारलाई भोट दिएको बताए । युवराज भन्छन्, “स्वार्थ, लोभ र हालीमुहालीमा फँसेको एमाओवादीले यस पटक जनताबाट टाढिंदाको नतीजा बेहोरेको छ ।”

मोतिपुर—८ मोरङका भगरु भगत थारू एमाओवादीसँग नराम्ररी विरक्तिएका अर्का कार्यकर्ता हुन् । तीन छोरा, तीन छोरी र श्रीमतीलाई अलपत्र छाडेर २०५८ मा भूमिगत भएका उनी लामो समय माओवादीको गाउँ इन्चार्ज पनि भए । पार्टी सरकारमा आएपछि बीएड पढ्दै गरेका दृष्टिविहीन छोरा दुखनाको निम्ति जागीर खोज्दै नेताका घर–घर चहारे, तर कसैले वास्तै नगरेपछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै वेला पार्टी छाडे ।

एमाओवादीले बेवास्ता गरेपछि चितवनकी मंगली गुरुङले यसपाली कांग्रेस र एमालेलाई भोट दिइन् ।

“सरकारी सेनाबाट मारिएका साथीको परिवारले पाउनुपर्ने राहत रकम पार्टीकै मान्छेले खाएको देखेदेखि नै मलाई माओवादीप्रति वितृष्णा हुन थालिसकेको थियो”, भगरु भन्छन्, “२०६४ मा माओवादीलाई जिताउन बेस्सरी खटेको थिएँ, तर यसपटक फोरम लोकतान्त्रिकलाई भोट दिएँ ।”

अघिल्लो निर्वाचनमा माओवादीको कट्टर समर्थक रहेकी नैनकला सुवेदी (३५) ले यस पटक दमक– ११ को मतदान केन्द्रमा मतदान गरिन् । सिलाई पसलबाट गुजारा गरिरहेकी उनले हिमाल को जिज्ञाशामा भनिन्, “कसलाई भोट दिएँ त्यो भन्दिनँ, तर माओवादीलाई दिन हातै लागेन ।” ११ वर्ष अगाडि ताप्लेजुङको साँघु–३ स्थित घरमा कुटानी–पिसानी मील राखेकी नैनकलाको दाम्पत्य जीवन सुखी थियो । मीलमा अन्नपात लिएर माओवादीहरू पनि आउँन थालेपछि सेनाले निगरानी बढायो ।

त्यस वेला ६ महीनाकी सुत्केरी रहेकी उनले २७ वैशाख २०५९ को साँझ् गाउँ नजिकै खोलाकिनारमा श्रीमान टंकप्रसादको शव देख्नुपर्‍यो । त्यसपछि उनी छोरो लिएर दमक झ्रिन् । “उनीहरूकै पार्टीको नाममा विधवा भएँ, त्यही नाताले समर्थक र मतदाता बनें”, नैनकला भन्छिन्, “तर, यस पटक धेरै कुरामा चित्त बुझेन ।”

२०६४ को संविधानसभा निर्वाचनमा माओवादी ठूलो दल बन्नुको पछाडि चितवनकी मंगली, झपाका युवराज, ताप्लेजुङकी नैनकला र मोरङका भगरु जस्ता भावनात्मक रुपमले पार्टीसंग जोडिएका मतदाताको ठूलो भूमिका थियो, जसले यसपटक साथ छोडे । उनीहरू जस्ता मोहभंग भएका कार्यकर्ता–समर्थकहरूको पंक्ति सानो नरहेको निर्वाचनको परिणामले देखाइसकेको छ ।

‘स्वाभाविक पराजय’
“यस्तो त हुनु नै थियो” रुकुमको स्यालाखदी–३ का माओवादी पूर्वलडाकू तारकप्रसाद विक भन्छन्, “चैतेहरूलाई रंग दलेर भित्र्याए, हामीहरूलाई खरानी घसेर सडकछाप बनाए ।” ७ कात्तिक २०५९ मा दाङको भालुवाङ भिडन्तमा घाइते भएका तारकले शरीरबाट गोली निकाल्न अझै सकेका छैनन् । पुनस्र्थापना रोजेर क्यान्टोनमेन्टबाट बाहिरिदा रकम उपचारमै सकिएको बताउने उनी आफुहरुजस्ता कार्यकर्ताको बेवास्ता पनि चुनावमा एमाओवादी हारको एउटा कारण रहेको बताउँछन् ।

सिम्ली–९ रुकुमकी खिमा डाँगीले बहिर्गमनमा परेका आफूहरू जस्ता कार्यकर्ताबाट पार्टी धेरै टाढा पुगिसकेको बताइन् । अघिल्लो निर्वाचनमा दिनरात नभनी पार्टीको निम्ति खटेकी उनले यसपटक त्यस्तो जाँगर नै हराएको बताइन् ।

वैद्य–माओवादीमा लागेका आठबीस डाँडागाउँ–५ का पूर्वलडाकू गम्भीर सिर्पाइलीले कुर्सी, पैसा र चाकडीमा केन्द्रित एमाओवादी नेताहरुलाई दण्डित गर्न जनता पहिल्यैदेखि तयार भएर बसेको बताउँछन् । “जनता वाक्कदिक्क थिए, संगठन खस्किसकेको थियो”, सिर्पाइली भन्छन्, “गाउँ बिर्संदाको परिणाम यो निर्वाचनले देखायो ।”

यस पटक थुपै्र एमाओवादी कार्यकर्ताले गाउँमा पार्टीको पकड खस्किएको देखेका थिए । तिनैमध्येका एक पूर्णप्रकाश घर्ती मगर (३५) यसका लागि एमाओवादी नेताको जीवनशैली र व्यवहारलाई जिम्मेवार ठान्छन् । २०५६ असोजमा रोल्पाको जंकोट–२ महतस्थित नेपाल प्रहरीको सशस्त्र कमाण्ड फोर्स कब्जा गर्न जाँदा गोली लागेका पूर्णका अहिले उनको देबे्र आँखा र देब्रे हातका तीन वटा औंला छैनन् । ९ कक्षामा पढ्दा २०५२ सालमा भूमिगत भएर सुरक्षा दल, छापामार हुँदै २०५३ पछि ‘जनमुक्ति सेना’ बनेका पूर्णको शरीरको देब्रे भाग दुखिरहन्छ ।

अहिले दाङको घोराहीमा मासु पसल चलाएका उनी भन्छन्, “अहिले पनि म मगरात राज्यसमिति सदस्य छु, तर पार्टिमा बढेको नातावाद, कृपावाद र आर्थिक अराजकता हेर्दा म त्यहाँ छु भन्ने लाग्दैन । म जस्ता धेरै कार्यकर्ताले यस पटकको निर्वाचनमा जाँगर मारेर बसे ।”

खुट्टामा लागेको गोलीको दाग देखाउँदै पूर्व लडाकु जानुका एमाओवादीसँग मोहभंग भएको बताउँछिन् ।

२५ चैत २०६१ मा रुकुमको खारा भिडन्तमा घाइते भएका चक्रपाणि (सीपी) शर्माका दुवै खुट्टाले काम गर्दैनन् । काठमाडौं र भारतमा उपचार गरे पनि निको नभएका कोटमौला–७ सल्यानका उनी अहिले दाङको मानपुर–९ मा बसाइँ सरेका छन् । उनी २०५६ मा माओवादी लडाकू बनेका थिए । रु.५ लाख बुझ्ेर क्यान्टोनमेन्टबाट बाहिरिएका उनलाई पाँच छोरी सहितको परिवार पाल्न धौ–धौ छ । उनि भन्छन्, “यस पटक एमाओवादी तेस्रो स्थानमा झ्र्नु स्वाभाविक छ र यसको मुख्य कारण पार्टीभित्रै छ ।”

मोहभंग
२०५७ मा एसएलसी दिएपछि माओवादीको समानताको नारामा तानिएर भूमिगत भएकी जानुका धमला (३२) को अहिले एमाओवादीसँग कुनै सम्बन्ध छैन । १२–१३ वर्षमा राज्यसमिति सदस्यसम्म बनेकी उनले पार्टीमै बिहे गरिन्, तर श्रीमान भिडन्तमा मारिए ।

२०६० र २०६१ मा दुई पटक भिडन्तमा घाइते भएकी उनी साना–ठूला गरी ५० वटा जति मोर्चामा लडिन् । घाइते लडाकूको रूपमा पुनस्र्थापना रोजेर क्यान्टोनमेन्टबाट बाहिरिएकी जानुका अहिले पार्टी सदस्य पनि छैनन् । बमको छर्रा र गोलीले शरीरभरि बनाएका घाउ वेलावेलामा बल्झ्रिहन्छ, जाडोमा हिंड्न पनि समस्या हुन्छ ।

योभन्दा बढी पीडा उनलाई आफू र आफ्ना श्रीमान् जस्ता कार्यकर्ताको त्याग र बलिदानको सुनुवाई नहुँदा भएको छ । “द्वन्द्वका घाइते, बेपत्ता तथा शहीद परिवारका लागि एमाओवादीले सरकारमा रहँदा पनि केही गरेन”, जानुका भन्छिन्, “युद्ध देशलाई होइन, नेताहरूलाई चाहिएको रहेछ । यसपालि भोट दिन नुवाकोट जान पाएको भए एमाओवादीलाई होइन, सच्चा उम्मेदवारलाई दिन्थें ।”

माओवादीनिकट किसान संघको चितवन जिल्ला सदस्य रहेका भोलाराज सेढाइलाई १२ वर्षअघि वीरेन्द्रनगरस्थित पार्टीको ‘सेल्टर’ बाट सरकारी सेनाले बेपत्ता बनाएको थियो । त्यसपछि पार्टीले उनकी श्रीमती जमुना (४६) लाई पार्टीले सदस्य बनायो । भण्डारा–५ स्थित घरमा खेतीपाती र मेलापातबाट बिरामी छोराको उपचार खर्च जुटाउन मुश्किल परेको बताउने जमुना एमाओवादी पार्टीबारे भन्छिन्, “बोलेको पु¥याएन, जनताले पत्याएनन्, आशा टुट्यो, पत्तासाफ भयो ।”

माओवादीको ‘मुक्ति’ को नाराबाट प्रभावित भएर २०५५ मा ‘जनयुद्ध’ मा लागेका धनुषाको लक्ष्मीनिवास–२ का जवाहरलाल महतो पाँच वर्षदेखि जनकपुरमा चुरोट–बिंडी पसलबाट गुजारा गरिरहेका छन् । सुकुम्बासीले जग्गा पाउने, बेरोजगारले काम पाउने जस्ता फर्जी नाराले जिन्दगीको महŒवपूर्ण समय बर्बाद पारेको महसूस गरेका जवाहर भन्छन्, “२०६४ मा त्यो पार्टीलाई जोडतोडले भोट दिएकै हो, तर उसले अवसरवादीलाई मात्र बढावा दिएकोले यस पटक अरूलाई नै दिइयो ।”

२०५५ सालमा माओवादी बनेका सुनसरीका सीपी दाहाल (३७) २०५८ फागुनमा सेनाको गोलीले घाइते भए । अहिले सजिलै हिंड्न नसक्ने उनी आमा, श्रीमती र चार वर्षकी छोरी सहित इटहरी–८ मा डेरा लिएर बसेका छन् । उनी बेरोजगार छन्, परिवार चलाउन धौ–धौ छ, श्रीमतीको पित्तथैलीको अपरेसन गराउन सकेका छैनन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सहयोगका लागि काठमाडौं धाएर हैरान भएका सीपी पीडा मात्र पाएको बताउँछन् । कोचिला राज्यसमिति र सुनसरी जिल्ला समिति सदस्य रहे पनि डेढ वर्षयता पार्टीको कुनै कार्यक्रममा सहभागी नभएको बताउने उनले यसपालिको भोटबारे भने, “म बहिष्कारवादी पनि होइन, चुनावमा गएको माओवादी कार्यकर्ता पनि हैन ।”

पीडितको आक्रोश
११ वर्षअघि माओवादीले सेनामा कार्यरत माहिला छोरा धनबहादुर कटुवाल (२५) लाई रोल्पामा हत्या गरेको पीडाले मोरङका अमरबहादुर र कृष्णदेवी अहिले पनि विक्षिप्त छन् । यसपालिको चुनावमा मतपत्रबाट त्यो आक्रोश पोखेकी कृष्णदेवी (६४) भन्छिन्, “मेरो छोरा मार्नेलाई बाँचुन्जेल भोट दिन्नँ ।”

मोरङको डाँगीहाट–५ का बलबहादुर थापा (७६) ले पनि कान्छो छोरा बाबुराम (१७) को हत्या गर्ने माओवादीलाई भुल्न सक्ने कुरै भएन । काठमाडौंको रत्नराज्य क्याम्पसमा आईए प्रथम वर्षमा अध्ययनरत बाबुरामलाई विदामा घर आएका वेला २०६२ मा माओवादीले सुराकीको आरोपमा अपहरण पछि हत्या गरेका थिए । “माओवादीहरू भोट माग्न पनि आएनन्” बलबहादुर भन्छन्, “हामीले दिने कुरा पनि भएन ।”

बाँकेको कोहलपुर–८ पिपरीकी विष्णुमाया ढकाल त श्राप लागेर एमाओवादी निर्वाचनमा पराजित भएको ठान्छिन् । उनको छोरा भोजराज (३७) लाई माओवादीले २५ भदौ २०६० मा बुबाको श्राद्ध गरिरहेको अवस्थामा अपहरण गरी हत्या गरेका थिए । आमाहरूको कोख रित्याउने माओवादीले कसैको भलो नगरेको बताउँदै भन्छिन्, “हाम्रा आँशुले तिनलाई पोल्दैछ, श्राप लागेरै चुनाव पनि हारे ।”
————————————————————————————-

‘भावनामाथि नै चोट’
सुरेश ढकाल, मानवशास्त्री
मान्छे भावनाबाट चल्ने प्राणी हो । जसबाट बढी अपेक्षा हुन्छ, उसबाट धोका पाउँदा बढी चित्त दुख्छ । यसपालिको एमाओवादीको पराजय आफ्नै कार्यकर्ताको चित्तदुखाइको परिणाम पनि हो । माओवादीको एउटा तह हेलिकप्टर चढ्ने र महलमा बस्ने भयो, तर अर्को वर्ग जहाँको त्यहीं रह्यो ।

यसबाट ‘ग्रासरुट’ तहलाई चोट पर्ने नै भयो । तीमध्ये कतिपयले भोट हालेनन्, कतिले प्रतिक्रियात्मक रूपमा अरूलाई भोट दिए । यसरी भोट हाल्ने मौका नभएको भए योभन्दा खतरनाक प्रतिक्रिया पनि आउन सक्थ्यो । द्वन्द्वको पीडा भोग्नेहरूले न राहत पाए, न त न्याय निरूपणको काम भयो । त्यो सबै हेर्दा यस्तो नतीजा अप्रत्यासित थिएन । हिजो सहेर बसे, आज प्रतिक्रिया दिए ।
————————————————————————————-

‘बिर्सिन कहाँ सकिन्छ र ?’
रीता सेन ओली
अध्यक्ष, द्वन्द्व पीडित समाज, बुटवल

त्यो बिहान सँगै खाउँला भनेर जोगीकुटीको डेरामा खाना पकाउँदै थिएँ । नजिकै कतै पड्किएको आवाज आयो । वडा प्रहरी कार्यालयमा फोन गर्दा मणिग्रामस्थित राममणि क्याम्पसको स्नातक परीक्षाको सुरक्षामा खटिएका प्रहरीलाई एम्बुसमा पारिएको थाहा पाएँ । परीक्षा सकिएपछि खान आउँछु भनेर जानुभएको उहाँ (गिरबहादुर सेन ओली) कहिल्यै आउनुभएन । उहाँ प्रहरी कार्यालय बुटवलमा सई हुनुहुन्थ्यो । अघिल्लो रात रमाउँदै मासुभात खाएका थियौं । त्यसपछि कहिल्यै माछामासु खाएकी छैन ।

श्रीमानको आधा पेन्सनले घरखर्च धान्न र छोराछोरी पढाउन गाह्रो छ । उहाँको हत्या हुँदाका डीआईजी रवीन्द्रप्रताप शाह अहिले एमाओवादीतर्फबाट समानुपातिक उम्मेदवार छन् । पूर्व डीआईजी अशोक श्रेष्ठ एमाओवादीको प्रचारमै हिंडे । पीडितले न्याय नपाइकन उनै पात्रहरू भोट माग्न आएको देख्दा खूब रीस उठ्यो । म पनि एमाओवादीलाई भोट नदेऊ भन्दै हिंडें ।

रामेश्वर बोहरा, काठमाडौं; गोपाल गड्तौला, झापा; सविता श्रेष्ठ, चितवन; कमल रिमाल, विराटनगर; सीता मादेम्बा, धरान; दीपक ज्ञवाली, बुटवल; ईश्वरचन्द्र झ, जनकपुर; तुफान न्यौपाने, नेपालगञ्ज; कमल थापा, रुकुम; बच्चु बिक, महेन्द्रनगर; देविका घर्ती मगर, दाङ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>