समाचारबिहीबार, साउन ४, २०६९

संविधानसभा निर्वाचनको गुञ्जयास छैनः पूर्वप्रम नेपाल

हिमालखबर

नेपाल शिक्षक युनियनको पाँचौ राष्ट्रिय परिषद् बैठकको ४ साउनमा उद्घाटन गर्दै नेता नेपालले कुनैपनि मुलुकमा संविधानसभाको मिति तोक्ने अधिकार सरकारलाई नभएकाले भट्टराई सरकारलाई विस्थापन गरी संविधानका विवादित मुद्दामा सहमति गरेर नयाँ संसद्बाट संविधान जारी गर्नुपर्नेमा जोड दिए । ‘सङ्घीयतालगायतका विवादित विषयमा जनमतसङ्ग्रह पनि गर्न सकिन्छ, त्यही समयमा संसद् र स्थानीय निकायको निर्वाचन पनि गर्न सकिन्छ, यो काम यसै वर्षको चैतभित्र गर्नुपर्छ ।’ नेता नेपालले भने ।

एमाओवादीले आफ्नो छापको नयाँ संविधान ल्याउन खोजेको र आफूहरुले लोकतन्त्रको छाप भएको संविधानका लागि प्रयास गरेकाले संविधानसभाका असामयिक अवसान भएको दाबी गर्दै नेता नेपालले सेना र हतियारसहित सो पार्टीलाई सरकार, संसद् र निर्वाचनमा भाग लिन दिएर आफूहरुले गल्ती गरेको पनि उल्लेख गरे ।

नेता नेपालले शिक्षकहरुलाई सामाजिक रूपान्तरणमा अग्रसर हुन र गुणस्तरीय शिक्षाका लागि जिम्मेवार बन्न आहृवान गर्दै राज्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाई रोजगारको सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले शिक्षकहरुका पेसागत मागप्रति राज्य गम्भीर हुनुपर्ने भन्दै लोकतन्त्रका लागि शिक्षकहरुले गरेको आन्दोलनको सम्मान गरिने बताए । शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले सरकारले शिक्षा ऐनलाई वैकल्पिक उपायबाट संशोधन गरी शिक्षकका माग पूरा गर्ने तयारी गरेको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>