समाचारबिहीबार, साउन ४, २०६९

एमालेमा जिम्मेवारी हेरफेर

सन्त गाहा मगर

राजधानीमा ३ साउनमा बसेको एमाले स्थायी समिति बैठकले पार्टी उपाध्यक्ष अशोक राईले हेर्दै आएको मोर्चा र संगठनको जिम्मेवारी सचिव शंकर पोखरेललाई दिएको छ । बैठक स्रोतका अनुसार यसअघि पृथ्बी सुब्बा गुरुङले हेरिरहेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संयोजकमा रघुबीर महासेठलाई ल्याइएको छ । त्यस्तै विजय सुब्बाले सम्हालेको राष्ट्रिय जनसांस्कृतिक मञ्चको जिम्मेवारी प्रदीप नेपालले सम्हाल्ने भएका छन् ।

किरण गुरुङले हेर्दै आएको समावेशी विभागमा उर्मिला अर्याल तथा रकम चेम्जोङले सम्हाल्दै आएको बुद्धिजिवि विभागमा गोकर्ण विष्टलाई ल्याइएको छ । अध्ययन अनुसन्धान विभागमा घनश्याम भुसाल र विदेशस्थित विभिन्न संगठन हेर्ने विभागको जिम्मेवारी भीम रावलले पाएका छन् । जिम्मेवारीबाट हटेका सबै नेताहरुसँग २१ असारमा एमाले अनुशासन आयोगले पार्टीको विधान विपरीत बैठक बहिस्कार गरेको तथा गुटबन्दी गरेको भन्दै  सात दिन भित्र लिखित जवाफ मागेको थियो ।

प्रचार प्रसार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेलामा पार्टीको जिम्मेवारी छोडेका नेताहरुलाई पुनः जिम्मेवारीमा ल्याइएको बताए । असन्तुष्ट आदिवासी जनजाति र मधेशी समुदायका नेताहरू पार्टीको काममा नर्फाँकासम्मका लागि उनीहरुको जिम्मेवारी अन्य नेतालाई दिइएको नेता ज्ञवालीले हिमालखबरलाई जानकारी दिए ।
बैठकले एमाले सचिवालयमा प्रदीप ज्ञवाली, रघु पन्त र विष्णु रिमाललाई थप गर्ने निर्णय गरेको छ । बैठकपछि  सचिव विष्णु पौडेलद्वारा जारी विज्ञिप्तमा राजनीतिक सहमतिको आधारमा निर्माण हुने सरकारको नेतृत्वमा ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>