खेलकुदमंगलबार, मंसिर १८, २०७०

जर्नी टु वर्ल्ड कपमा नेपाल पराजित

हिमालखबर

काठमाडौंमा चलिरहेको जर्नी टु वर्ल्ड कप प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको नेपाल दोस्रो खेलमा भने पराजित भएको छ । किर्तिपुर खेल मैदानमा १८ मंसीरमा नेपाल दिल्ली वान्डरससँग २४ रनले पराजित भएको हो ।

दिल्ली वान्डरसले दिएको २३६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । ढिला शुरु भए पछि ४५ ओभरमा छोट्याइएको खेलमा नेपाल अलआउट हुँदै २११ रन मात्रै बनाउन सक्यो । 

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले भने ४५.१ ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । दिल्ली वान्डरस विरुद्धको खेलमा कप्तान पारस खड्का र अविनाश कर्ण अनुपस्थित थिए ।

प्रतियोगिताअन्तर्गत १९ मंसीरमा एयर इण्डिया र सिंगापुरको राष्ट्रिय टीम भिड्दै छन् ।

नेपालले १७ मंसीरमा एयर इण्डिया क्लबलाई ५ विकेटले जितेको थियो । अर्को महिना न्यूजील्याण्डमा हुने एक दिवसीय विश्वकप छनोटको अभ्यासका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यानको प्राविधिक सहयोगमा जोरा इन्टरनेशनलले आयोजना गरेको प्रतियोगिता २२ मंसीरसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...