खेलकुदमंगलबार, मंसिर १८, २०७०

खेलाडीको सम्मानमा रात्रिभोज

हिमालखबर

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई नगदसहित सम्मान गर्दैछ । खेलाडीको सम्मानमा १८ मंसीर साँझ रातिभोजको आयोजना गरिने क्यानले जनाएको छ । क्यानले राष्ट्रिय टीमका खेलाडीलाई जनही एक–एक लाख रुपैंया नगदसहित सम्मान प्रदान गर्दैछ ।

सम्मान कार्यक्रम तथा रात्रिभोज होटल अन्नपूर्णमा हुँदैछ । कार्यक्रममा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि सरिक हुने क्यानले जनाएको छ । यसअघि मासिक ५ हजार रुपैंया तलब पाइरहेका राष्ट्रिय खेलाडीको तलब मासिक १० हजार पुर्‍याउने क्यानले निर्णय नै गरेको छ ।

यसैबीच, राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई १९ मंसीरमा नगर परिक्रमा गराउने तयारी पूरा भएको क्यानले जनाएको छ । युएईमा ट्वान्टी– २० विश्वकप क्रिकेट छनोट खेलेर स्वदेश फर्किएको खेलाडीलाई नगर परिक्रमा गराउने तयारी पूरा भएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

युएईमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा १२ मंसीरमा हङकङलाई हराउँदै नेपाल ट्वान्टी– २० विश्वकपमा पुगेको छ । प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पार्‍यो । अबुधावीमा १५ मंसीरमा आयोजक युएईलाई ५ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

नेपालले २९ पुषदेखि न्यूजिल्याण्डमा एक दिवसीय विश्वकप छनोट खेल्दैछ । त्यसलगत्तै २ चैतदेखि बंगलादेशमा हुने ट्वान्टी– २० विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टीम सहभागी हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...