खेलकुदबुधबार, मंसिर १९, २०७०
यसरी भयो क्रिकेट खेलाडीको भव्य सम्मान (फोटो फिचर)
टी–ट्वान्टी विश्वकपमा पुगेको राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई नगर परिक्रमा गरिएको छ । नेपाललाई विश्वकपमा पुर्याएको खेलाडीको सम्मानमा १९ मंसीरमा नगर परिक्रमा गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नगर परिक्रमा मध्यान्ह १२ बजे नक्सालको होटल क्राउन प्लाजाबाट शुरु भएको थियो । होटल क्राउनबाट शुरु भएको परिक्रमा दरबारमार्ग, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट हुँदै राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा पुगेर सकिएको थियो ।
खेलाडीको सम्मानमा क्रिकेट समर्थकको बाक्लो उपस्थिती थियो ।
युएईमा छनोट खेलमा सहभागी खेलाडी १६ मंसीरमा स्वदेश फर्किएका थिए । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा १२ मंसीरमा हङकङलाई हराउँदै नेपाल ट्वान्टी– २० विश्वकपमा पुगेको छ । प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पार्यो । अबुधावीमा १५ मंसीरमा आयोजक युएईलाई ५ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो ।
नेपालले२९ पुषदेखि न्यूजिल्याण्डमा एक दिवसीय विश्वकप छनोट खेल्दैछ । त्यसलगत्तै २ चैतदेखि बंगलादेशमा हुने ट्वान्टी– २० विश्वकप क्रिकेटमा नेपाली क्रिकेट टीम सहभागी हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
