अर्थ/बजारबुधबार, मंसिर १९, २०७०
चिया निर्यातमा सघाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रसँग अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालमा उत्पादित गुणस्तरीय चियाको व्यापार प्रवर्द्धनमा सहयोग गर्न अन्तर्राष्ट्रिय व्यापार केन्द्रसँग आग्रह गरेका छन् । केन्द्रका कार्यकारी निर्देशक अरन्चा गोन्जावेजलाई १९ मंसीरमा भेटेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका कोइरालाले हिमाली क्षेत्रमा उत्पादित नेपाली चियाको व्यापारिक बिस्तारमा सघाउन आग्रह गरेका हुन् ।
निर्यातकर्ताको क्षमता अभिवृद्धि गर्न केन्द्रले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले यसलाई शहरबाट ग्रामीण क्षेत्रमा पनि बिस्तार गर्न आग्रह गरे ।
केन्द्रका निर्देशक गोन्जावेजले नेपालले राखेको आग्रहप्रति सकारात्मक भएको बताए । उनले नेपालको पस्मिना उद्योगको विकास र व्यापार प्रवर्द्धनमा केन्द्रले गर्दै आएको सहयोगलाई निरन्तरता दिने आश्वासन पनि दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
