खेलकुदबुधबार, मंसिर १९, २०७०

वानडे विश्वकप छनौटको तालिका सार्वजनिक

हिमालखबर

आईसीसीले आउँदो महिना न्युजिल्याण्डमा हुने आइसीसी एकदिबसीय विश्वकप छनौटको अन्तिम तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार नेपाल समूह ए मा परेको छ ।

आईसीसीले १८ मंसीर राती सार्वजनिक गरेको तालिका अनुसार नेपाल रहेको समूह ए मा वान–डेमा नेपालको चिरपरिचत प्रतिद्धन्द्धी युएई तथा स्कटल्याण्ड, हङकङ र क्यानाडा रहेका छन् । त्यसैगरी समूह बी मा नेदरल्याण्डस्, केन्या, पपुवा न्युगिनी, नामिबिया र युगान्डा छन् । छनौट प्रतियोगिताको पहिलो खेल नेपालले युएईसँग खेल्नेछ ।

छनौट प्रतियोगिता आउँदो २९ पुषदेखि १८ माघसम्म हुँदैछ । दुवै समूहका शीर्ष टीम सन् २०१५ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान–डे विश्वकपका लागि छनौट हुनेछन् । समूहमा उपबिजेता हुने थप दुइ टिमले ४ बर्षसम्म अन्तर्राष्ट्रिय एकदिवसीय टीमको मान्यता पाउनेछन् ।

छनोट प्रतियोगिताअघि नेपालले नामिबिया र केन्यासँग अभ्यास खेल खेल्ने आईसीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...