रमझमबुधबार, मंसिर १९, २०७०

‘रिटिङ रिटङ’ का गायकले सम्झिए नारायण गोपाललाई

हिमालखबर

स्वर सम्राट नारायण गोपालको २३ औं स्मृति दिवस झापा दमकमा पनि भव्य सांगीतिक कार्यक्रम गरी मनाइएको छ । दमक १३ स्थित सुरसुधा संगीत विद्यालयद्वारा १९ मंसीरमा आयोजित कार्यक्रममा स्थानीय कलाकार एवम् सुरसुधाका विद्यार्थीले स्वर्गीय नारायण गोपालका गीतहरु गाउँदै उनिप्रति भावपूर्ण श्रद्धा अर्पण गरे ।

कार्यक्रममा वरिष्ठ लोकगायक एलपी जोशीले नारायण गोपालसँग बिताएका सम्झना ताजा गराए । उनले राष्ट्रिय नाचघरमा नारायण गोपाल जीएम छँदाका सम्झना सुनाँउदा कार्यक्रम हल चकमन्न भएको थियो । “ए रिटिंग रिटिंग, आइज छोइला खान जाँउ भन्नुहुन्थ्यो,” ७८ वर्षे जोशीले उ बेलाका सम्झनाको पन्तुरो खोले, “म पनि भनिदिन्थें, आफू त गल्ती हजार गरिँदैन ।”

गीतका शब्द पुकारेर गरिने यसपाराका आत्मीय ठट्यौली सहितका अनेक सम्झना साझेदारी गर्दै जोशीले दोहो¥याए, “उहाँ असलमा सरस्वतीको पुत्र हो । उहाँलाई स्वर्गीय भन्न आज पनि पटक्क्कै यो मन मानेको छैन ।”

श्रद्धाञ्जली कार्यक्रममा उनले आफ्नो परिचय बनेको उही पुरानो गीत ‘रिटिंग रिटिंग नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गाँउदा दर्शकले तालिले हौस्याँदै साथ दिए । राष्ट्रिय गीतसँगै नारायण गोपालको ‘गल्ति हजार हुन्छन्’ बोलको गीतबाट शुरु कार्यक्रमको पुछार प्रस्तुती पनि नारायण गोपालकै ‘यो सम्झिने मन छ’ थियो ।

झापा र मोरङका संगीत र साहित्यका साधकहरुको जमघटकाबीच भएको कार्यक्रममा युवा तथा उदीयमान कलाकारले नारायण गोपालका दर्जन गीत गाएका थिए ।

आधुनिक नेपाली संगीतका सर्वोच्च साधक तथा कालजयी गायक गायक एवम् स्वर सम्राट नारायण गोपालको १९ मंसीर २०४७ मा निधन भएको थियो ।

गोपाल गडतौला, दमक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>