Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लखरामबाट आम्दानी - Himalkhabar.com

अर्थ/बजारबिहीबार, मंसिर २०, २०७०

लखरामबाट आम्दानी

हिमालखबर

धनुषााको देवपुर रुपैठाका ब्राह्मण महिलाहरु लखरामको प्रतिमा बनाउँदै । तस्वीर: मनिका झा

मिथिला क्षेत्रमा नयाँ घर सर्दा, सन्तान जन्मंदा वा अन्य कुनै खुशीका अवसरमा लखराम अर्थात शिव भगवानको १ लाख बढी प्रतिमा घरभरी सजाएर पूजा गर्ने परम्परा छ ।

पहिले पहिले घरका महिला र अन्य सदस्य फूर्सदिला हुन्थे । छिमेकीको सहयोगमा चोखो माटो ल्याएर उनीहरुले लखरामको प्रतिमा बनाउँथे र गाउँभरका मान्छेलाई निम्तो गरेर लखराम पूजा र भोज हुन्थ्यो । तर, समयसँगै बढ्दै गएको ब्यस्तताले लखरामको मुर्ति बनाउने जिम्मा अरुलाई नै दिनुपर्ने भयो । जनकपुर र आसपासका क्षेत्रमा अहिले लखरामकै प्रतिमा बनाएर केही परिवारले राम्रै आम्दानी गरिरहेका छन् ।

शिव भगवानको विशेष पूजा ‘लखराम पूजा’ का लागि माटोको प्रतिमा बनाएर धनुषाको देवपुरा रुपैठा, नगराईन, गंगुलीसहित आधा दर्जन गाउँका ब्राह्मण परिवारहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

‘एउटा प्रतिमाको कति दाम पर्छ’ भनी सोद्धा देवपुराका राजेन्द्र झाले ‘भगवानको प्रतिमाको के मोलभाउ गर्नु’ भनेर पहिले त बताएनन् तर, कर गरेपछि भने, “त्यस्तै एक लाखको २० हजार जती ।”

करिब सवालाख प्रतिमाको लागि एक हप्ता पहिले अर्डर आउँछ, आफूले मात्रै एक हप्तामा एकलाख प्रतिमा बनाउन नसक्ने भएकाले उनले छिमेकीलाई समेत कन्ट्रयाक्ट दिने गरेका छन् ।

“हाम्रोमा शुभ अवसरमा, खुशीको मौकामा लखराम पूजा गर्ने परम्परा छ, तर आफैं त्यत्रो प्रतिमा बनाउन सकिंदैन, सीप पनि पुग्दैन,” जनकपुर–४ का ज्ञानकुमार झा भन्छन, “त्यसैले पेसेवर र शुद्ध तरिकाले बनाउने विश्वास भएकालाई अर्डर दिने गरेका छौं ।”

“यसले परम्पराको निर्वाह, संस्कृतिको जगेर्नसँगै खुशी र रोजगार पनि दिएको छ,” रुपैठाका राधेश्याम झा भन्छन् ।
मनिका झा, जनकपुरधाम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>