खेलकुदबिहीबार, मंसिर २०, २०७०

सशस्त्रद्वारा क्रिकेट खेलाडीलाई ४ लाख प्रदान

हिमालखबर

सशस्त्र प्रहरी बलले राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई नगद चार लाख रुपैंया प्रदान गरेको छ । सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा २० मंसीरमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले राष्ट्रिय टीमलाई चार लाख रुपैंयासहित फुलमाला र अविरले सम्मान गरे ।

वन्तले राष्ट्रिय टीमका कप्तान कप्तान पारस खड्कालाई चेक हस्तान्तरण गरे । राष्ट्रिय क्रिकेट टीमका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई एकमुष्ठ चार लाख रुपैंया दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टीमका १५ खेलाडीमध्ये ८ जना नेपाल एपीएफ क्लबमा आवद्ध छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...