अर्थ/बजारशुक्रबार, साउन ५, २०६९
थप पाँच हजार ब्यवसायीले कर छलेको आंशकामा छानबिन
४ सय ९५ वटा ठूला र मध्यमस्तरका ब्यवसायिक फर्म तथा ४ हजार ४ सय साना फर्मले राजस्व छलेको आशंकामा विभागले अनुसन्धान अघि बढाएको राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्माले हिमालखबरलाई बताए । नक्कली बिल बिजकमार्फत ६ अर्ब ६० करोड रुपैयाँको राजस्व छल्ने ५ सय १८ ब्यावसायिक फर्ममाथिको कारबाही सकिने बित्तिकै विभागले थप अनुसन्धान थालेको हो ।
करिब ५ सय ठूला र मध्यमस्तरका ब्यवसायिक फर्मले नक्कली बिल बिजक प्रयोग गरेर भ्याट अन्त शुल्क तथा आयकर गरी अर्बौं राजस्व छलेको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ । छानबिनमा तानीएका ब्यावसायिक फर्ममा ठूला र प्रतिष्ठित ब्यवसायिक घरानासमेत रहेको बताइन्छ ।
विभागले वार्षिक करोडौंको कारोबार गर्ने तर न्यून मात्र कारोबार गरेको भनेर विवरण पेश गर्ने ४ हजार ४ सय ब्यवसायिक फर्मको पनि अनुसन्धान थालेको छ । वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने फर्मले भ्याटमा दर्ता हुनुपर्ने नियम भएपनि अधिकांश ब्यवसायीले सो परिमाणमा कारोबार नगरेको भुट्टो विवरण पेश गरेर भ्याट छल्दै आएको भेटिएको महानिदेर्ंशक शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
