समाचारशनिबार, साउन ६, २०६९

एमाओवादी महाधिवेशन आगामी माघमा

सन्त गाहा मगर

राजधानीमा ६ साउनमा सम्पन्न एमाओवादी सातौं विस्तारित बैठकले आगामी माघ भित्र महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि पोलटब्यूरोलगायत मातहतका सम्पुर्ण समिति विघटन गरिएको हो । एमाओवादीको महाधिवेशन पहिलो पटक हुन लागेको हो ।

कुर्सी हानाहान र धकेलाधकेलबीच सम्पन्न बैठकले अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईको नीजि सचिवालयमा कार्यरतहरु साटासाट गर्ने निर्णय गरेको छ । बैठकको पहिलो दिन गुट अन्त्यको घोषणा गरेको दुई दिनपछि बसेको बैठकमा हात हालाहाल भएपछि एकता लागि भन्दै नेताहरुले नीजि सहायक साट्ने निर्णय गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतले सरकारी सुविधा लिएलगत्तै अध्यक्ष दाहाल लाजिम्पाटको महँगो भाडाको घरमा नबस्ने भएका छन् । बिस्तारित बैठक समापन कार्यक्रममा बोल्दै दाहालले विलासी जीवन त्याग्ने घोषणा गरे । बैठकको अन्तिम दिन उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आआफ्ना धारणा राखेका थिए ।

आफ्ना कार्यकर्ताको सवारी दुर्घटनामा मृत्यु भएपछि एक दिन ढिलो गरी २ साउनमा शुरु बैठक आर्थिक अनियमितता र भोजपुरा राज्य समितिको टोली नेताको विवादलाई लिएर दुई पटक स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>