Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'२० देशका ३७ फिल्म देखाउँदैछौं' - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, मंसिर २३, २०७०

‘२० देशका ३७ फिल्म देखाउँदैछौं’

हिमालखबर

प्रदर्शनीमा कस्ता फिल्महरू प्राथमिकतामा परेका छन् ?
बिशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन हुनेछन् । साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरीबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइँसराइ सम्बन्धी फिल्म पनि देखाइने छन् । आरोहण सम्बन्धी फिल्म र ‘ह्वाई पोभर्टी’ शीर्षकमा छोटा फिल्महरू पनि देखाइने छन् । हिमाल र पर्यटनबारे छलफल, सेमिनार पनि हुनेछन् ।

महोत्सवको छनोट प्रक्रिया कस्तो छ ? यो पटक कति आवेदन परेका थिए र कसरी छानिए ?
२९० फिल्म आएकामा २० देशका ४७ फिल्म (डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) छनोट भए । फिल्महरूलाई अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई खण्डमा छुट्याइएको छ । फिल्महरू ८ जनाको छनोट कमिटीले छानेका हुन् ।

नेपाली फिल्मको स्तर कस्तो देखिएको छ ?
यस पटक आवेदन परेका ५५ नेपाली फिल्ममध्ये १० वटा छनोटमा परे । नेपाली युवाहरूमा फिल्म मेकिङप्रति रुचि बढेको छ, तर डकुमेण्ट्री भन्दा बढी चासो फिक्सनमा देखिन्छ । डकुमेण्ट्री जति बनिरहेका छन् तिनमा अझै पनि रिसर्च, लगाव, कडा मिहिनेत र बुझाइको अभाव देखिन्छ ।

अघिल्लो महोत्सवमा कतिपय फिल्म सबै दर्शकले हेर्न पाएनन्, यो पटकको तयारी कस्तो छ ?
हल क्षमताका कारण त्यस्तो भएको हो । यस पटक राष्ट्रिय सभागृहको ठूलो हल र चौरमा टेण्ट गाडेर प्रदर्शन गर्दैछौं । यसपटक ५ दिनमा २० हजारभन्दा बढी दर्शकले हेर्ने अपेक्षा छ ।

हरेक वर्ष महोत्सव गर्न गाह्रो छैन ?
निजी संस्थाले अन्तर्राष्ट्रिय स्तरको महोत्सव गर्नु कठिन नै हुन्छ । तर, धेरै संघसंस्थाको सहयोगमा यसलाई निरन्तरता दिइरहेका छौं । चलचित्र विकास बोर्डले पनि एउटा उत्कृष्ट नेपाली फिल्मलाई रु.२५ हजारको पुरस्कार प्रदान गर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>