Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नदी नियन्त्रणका लागि भारतद्वारा ३७ करोड सहयोग - Himalkhabar.com

अर्थ/बजारसोमबार, मंसिर २४, २०७०

नदी नियन्त्रणका लागि भारतद्वारा ३७ करोड सहयोग

हिमालखबर

वाग्मती, लालबकैया र कमला नदी नियन्त्रणका लागि तटबन्धको निर्माण गर्न नेपाल सरकारलाई भारतले अनुदान सहयोगस्वरुप करिब ३७ करोड रुपैंया प्रदान गरेको छ । नेपालका ती नदी भारतसँग सीमा जोडिएका छन् ।

वर्षातमा जलउत्पन्न प्रकोपका कारणले वर्षेनी नेपाली पक्षले भौतिक क्षति सम्बन्धि पीडा भोग्नु परिरहेको छ । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको सातौं बैठकको निर्णयअनुसार भारत सरकारले उक्त रकम ती नदी नियन्त्रणका लागि निकासा गरेको हो ।

सिँचाइमन्त्री उमाकान्त झालाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले २४ मंसीरमा रकम हस्तान्तरण गरे । यसअघि भारत सरकारबाट वाग्मती नियन्त्रणका लागि करिब ७५ करोड रुपैंया, लालबकैया नियन्त्रणका लागि ७७ करोड र कमला नियन्त्रणका लागि १ अर्ब १९ करोड रुपैंया प्रदान गरिसकेको छ ।  यसबाट वाग्मतीमा ४० किमि, लालबकैयामा ६१ किमि तथा कमलामा ६६ किमि गरी १६७ किमि तटबन्ध निर्माण भइसकेको छ ।

कार्यक्रममा मन्त्री झाले वर्षात्मा ढुवानी समस्या समाधान गर्न दुई देशबीच थप आपसी सहयोगको खाँचो औल्याए । मन्त्रालयका सचिव प्रतापकुमार पाठक र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदीपराज पाण्डेले बाढीको प्रभावकारी व्यवस्थापनमा भारत सरकारले प्रदान गरेको सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>