अर्थ/बजारमंगलबार, मंसिर २५, २०७०

नबिल बैंकको महेन्द्रनगर शाखाबाट २ करोड लुटियो

हिमालखबर

नबिल बैंकको महेन्द्रनगर शाखाबाट २ करोड ३१ लाख ६० हजार रुपैंया लुटिएको छ । धनगढीस्थित राष्ट्र बैंकमा लैजाँदै गरेको रकम २५ मंसीर दिउँसो कृष्णपुर गाविसको गुलरिया नजिकबाट लुटिएको हो ।

कैलाली र कञ्चनपुरको सीमा नजिकै गुलरिया र मालाखेतीको बीचमा रहेको जंगलमा ट्राफिक प्रहरी बनेर आएका दुई जनाले पैसा रहेको बाकस लुटेर लगेको नबिल बैंकको महेन्द्रनगर शाखाले जनाएको छ ।

गाडीमा रहेका गार्ड गंगादत्त भट्टसँग खुकुरी मात्रै रहेको तर लुटेराले पेस्तोल देखाएर  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । नबिलको महेन्द्रनगर शाखाको गाडीमा गार्ड गंगादत्त सहित कर्मचारी सत्य तामाङ र गाडी चालक दिलबहादुर चन्द रहेका थिए । उनीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक चौधरीको नेतृत्वमा प्रहरी टोली सो क्षेत्रमा परिचालन भएको छ । यस्तै, कैलाली जिल्ला प्रहरी कार्यालयको टोली पनि सो क्षेत्रमा परिचालन गरिएको जनाएको छ । सीमा क्षेत्रमा पनि भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर कडाई गरिएको प्रहरीको भनाई छ ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>