रमझममंगलबार, मंसिर २५, २०७०

दमकका दर्शक नेपथ्यसँगै झुमे

हिमालखबर

चर्चित नेपाली सांगीतिक समूह नेपथ्यले झापा, दमकमा आफ्नो प्रस्तुती दिएको छ । स्थानीय दमक चित्र मन्दिरमा २५ मंसीरमा नेपथ्यको प्रस्तुती हेर्ने दर्शकको घुँइचो लाग्यो । चित्र मन्दिरको हल हाउसफुल थियो ।

नेपथ्यका भोकलिष्ट अमृत गुरुङले कार्यक्रममा ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘सानोमा सानो कमलको हाँगा’, ‘तालको पानी’ लगायत दर्जन बढी गीत गाँउदा दर्शकले उनको स्वरमा स्वर खाप्दै गाँउदै नाचेका थिए ।

गीतका मुच्र्छन्नाले लोलाएका दर्शकलाई गुरुङले बेलाबेला सन्देश प्रवाह गरिरहे, “नानी पढने स्कुलमा राजनीति नछिराँउ, सबैलाई पढन सक्ने वातावरण बनाऔं, एकले अर्कालाई मित्रवत र र्भाचारापुर्ण व्यवहार गरौं ।”

नेपालयको व्यवस्थापनमा शान्तिका लागि शिक्षा नाराकासाथ नेपथ्यको यो पाँचौं देशव्यापी सांगीतिक अभियान हो । द्धन्द्धको पीर भुल्दै शिक्षाको अवसर सबैका लागि समानरुपले बितरण गर्न टेवा दिने उद्धेश्यले यो सांगीतिक अभियान सञ्चालन गरिएको नेपथ्यका प्रमुख किरणकृष्ण श्रेष्ठले बताए ।

गोपाल गडतौला, दमक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>