Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ब्याङ्क लुट प्रकरणः २० जना नियन्त्रणमा - Himalkhabar.com

अर्थ/बजारमंगलबार, मंसिर २५, २०७०

ब्याङ्क लुट प्रकरणः २० जना नियन्त्रणमा

हिमालखबर

जिपमा रहेका बैंकका कर्मचारीसहित घटनास्थल आसपासका २० जनालाई छानबिनका लागि नियन्त्रणमा लिइएको क्षेत्रीय प्रहरी कार्यालय दीपायलका प्रहरी नायब महानिरीक्षक नारायण बास्ताकोटीले बताए । लुटेराहरुको खोजीका लागि कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितको नेतृत्वमा टोलीसमेत गठन गरिएको बास्ताकोटीले जानकारी दिए ।

नेबिल ब्याङकको महेन्द्रनगर शाखाबाट नगद लिएर धनगढीतर्फ आउँदै गरेको मे१च १४६ नं. को जिपलाई कैलाली मालाखेती गाविसको चौकीडाँडाबाट सात–आठ जनाको अपरिचित समूहले नियन्त्रणमा लिई रु दुई करोड ३० लाख ६० हजार लुटेर फरार भएका थिए । रकम धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न ल्याइँदै थियो । सो समूहले जिपलाई सडकबाट झन्डै एक किमी दक्षिणतर्फको जङ्गलमा लिएर चालक र अन्य कर्मचारीलाई हतियार देखाएर रकम लुटेको बताइएको छ ।

जिप चालक दिलबहादुर चन्दले आफूसहित गाडीमा रहेका चारजना कर्मचारीलाई लुटेराको समूहले कञ्चटमा पेस्तोल देखाउँदै जङ्गलतर्फ लगेर रकम लुटेको बताए । रकम लुट्नुअघि बैंकको सेक्युरिटी गार्डजस्तो पोशाक लगाएको एक जनाले सडकमा गाडी रोकेलगत्तै अन्य पाँच/छ जना पनि गाडीभित्र प्रवेश गरेको र एक जनाले आफूलाई पेस्तोल देखाउँदै आफैँ गाडी चलाएर जङ्गलतर्फ लगेको चालक चन्दले बताए ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने घटनास्थल चौकीडाँडा नजिकै मानव बस्ती भएको र दिउँसै जिप नियन्त्रणमा लिई रकम लुट्ने साहस गरेको घटना सुनियोजित र रहस्यमय हुनसक्ने आशङ्का गरिएको छ ।रासस

नबिल बैंकको महेन्द्रनगर शाखाबाट २ करोड लुटियो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>