रमझमबुधबार, मंसिर २६, २०७०
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव शुरु (तालिकासहित)
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) २०१३ राजधानीमा शुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा २६ मंसीरमा शुरु भएको महोत्सव ३० मंसीरसम्म चल्नेछ ।
महोत्सवको उदघाटनमा सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन ‘इन्द्रेणी खोज्दै जाँदा’ (चेजिङ रेन्बोज) देखाइएको छ । महोत्सवमा २० देशका ४७ फिल्म (डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक) प्रदर्शन हुनेछ । हिमाल एसोसिएसनले वर्षेनी गर्दै आएको किम्फमा विशेषगरी पर्वतीय क्षेत्रको जनजीवन, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।
किम्फले ‘नेपाल पानोरामा’ अन्तर्गत नेपाली फिल्महरू प्रदर्शन गर्न थालेको पाँच वर्षको अवधिमा नेपाली फिल्मकर्मीहरूले विषय छनोट र प्रस्तुतिमा निकै उन्नति गरेको बताउने आयोजक संस्थाका अध्यक्ष वसन्त थापा भन्छन्, “महोत्सवको उद्घाटन नै नेपाली महिला निर्देशकको फिल्मबाट हुन लागेकोमा हामी उत्साहित छौं ।”
किम्फमा प्रदर्शन हुने फिल्मको तालिका:
यसपालिको किम्फमा तीन सदस्यीय जुरीबाट छानिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका प्रथम, द्वितीय र तृतीयले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, नेपाल पानोरामाको उत्कृष्ट डकुमेन्ट्रीले रु. २५ हजार र उत्कृष्ट फिक्सन फिल्मले पनि रु. २५ हजार पुरस्कार पाउनेछ । दर्शकहरूको मतका आधारमा कुनै एक फिल्मले ‘अडियन्स अवार्ड’ पाउने महोत्सवकी निर्देशक रम्यता लिम्बूले बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
