ब्लगसोमबार, साउन ८, २०६९

सुन्दर शान्त विविध नेपाल

Amrit gurung

‘म अमृत नेपाली’ शीर्षकको मेरो लेखप्रति अनलाइनहरु र फेसबूकमा पाएको व्यापक प्रतिक्रियाबाट एकदम प्रभावित र भावविह्वल भएँ । व्यक्त विचारप्रति म सहमत, र प्रजातान्त्रिक मान्यताअनुसार कतिसँग असहमत पनि छु । महत्वपूर्ण कुरा स्वस्थ छलफलको सुरुआत हो ।

मैले कहिल्यै आफूलाई अमृत गुरुङ बाहेक अरू नामले चिनाइनँ । पहिलेदेखि यही नामले चिनिएकोले अर्को नाम चाहिन्छ जस्तो पनि लागेन । अमृत नेपाली भनेर मैले आफ्नो अनुभूति पोखेको हुँ । तैपनि सन् १९९० तिर आफूले संगीत शुरू गर्दाताकाका वरिष्ठ कलाकारहरू जति जान्ने भएको भए मैले आफूलाई अर्कै नामले चिनाउने थिएँ ।

मलाई ती वरिष्ठ र आदरणीय कलाकारमाथि गौरव छ, जसले आफूलाई थरबाट नचिनाउने अभियान चलाए । म १९६०–७० र अझ् त्योभन्दा अघिको कुरा गर्दैछु । मास्टर रत्नदास प्रकाश, पन्नाकाजी, नारायणगोपाल, फत्तेमान, प्रेमध्वज, मणिकरत्न, बच्चु कैलाश, नातिकाजी, शिवशंकर, मेलवा देवी, तारादेवी, कोइली देवी जस्ता केही कलाकारले आफूलाई थरबाट चिनाउन चाहेनन् । केही ‘बौद्धिक’ हरूले यी नामको पछाडि गुरुवाचार्य, राजभण्डारी, प्रधान, बस्नेत, श्रेष्ठ, मानन्धर, माथेमा लेख्न शुरू नगरेका भए म न उहाँहरूलाई थरले चिन्थें, न चिन्न खोज्थें । ती बौद्धिकलाई अभिमान हुँदो हो के के न पत्ता लगाएँ भनेर, तर उनीहरूले त्यस पछाडिको दर्शन बुझ्ेनन् । मलाई लाग्छ, आजका कलाकारले पनि वरिष्ठहरूको दूरदर्शी कदमको मर्म बुझ्ेर उहाँहरूको बाटो पछ्याउनुपर्छ ।

‘श्रृंगार’ अल्बम सार्वजनिक हुँदाको एउटा घटना सम्झउन चाहन्छु, जसमा नेपथ्यले सरुभक्त रचित ‘सरुमारानी’ गीत गाएको छ । अल्बममा म्यूजिक नेपालका मानिसहरूले उनको पूरै नाम राखिदिन चाहेका थिए— सरुभक्त श्रेष्ठ । सरुभक्त दाइले मलाई फोन गरेर गुनासो गर्दै अबदेखि आफ्नो नामको पछाडि थर उल्लेख नगरिदिन आग्रह गर्नुभयो ।

मैले गाएका पछिल्ला केही गीतमध्ये विक्रम सुब्बाले लेखेको ‘मेरो देश’ पनि पर्छ । नेपथ्यको आठौं अल्बमको शीर्ष गीत पनि बन्यो— मेरो देश । यो गीतमा पछि भूषण दाहालले म्यूजिक भिडियो बनाए । भिडियोमा कलाकार डेभिड डोग्लसले भावपूर्ण अभिव्यक्तिका साथ नेपालको झ्ण्डाको चित्र कोरेका छन् । डेभिड नाम आफैंमा अंग्रेजी र क्रिश्चियन सुनिन्छ । तर उनी कानूनी हैसियतले मात्र होइन, हृदयदेखि नेपाली हुन् । छायांकनको दिन संयोगवश सरस्वती पूजा परेकोले डेभिडले चित्र कोर्न अनिच्छा देखाएका थिए, किनभने त्यस दिन उनी आफ्नो आराध्य ज्ञानकी देवी सरस्वतीको सम्मानमा कुचीलाई आराम दिने गर्दथे । कवि विक्रम सुब्बा सिद्धहस्त लेखक हुन् । तर कल्पना गरौं, उनले त्यो गीत लिम्बू भाषामा लेखेको भए मैले संगीत भर्न र गाउन सक्थें होला ? सकेकै भए पनि तपाईंहरू सबैले सुन्न र बुझन सक्नुहुन्थ्यो होला ?

दुुईदशक लामो संगीत यात्रामा मैले गाइने, दमै, लेप्चा, राई, बाहुन, मगर, क्षेत्री, नेवार, तामाङ, गुरुङ आदिले लेखेका गीत कम्पोज गरेको र गाएको छु । सूची अझ्ै लामो हुनसक्छ । मलाई यस्तो विविधताको अनुभव सँगाल्ने अवसर दिएको छ, नेपाली भाषाले ।

आफूले लेखेका, संगीत भरेका र गाएका अधिकांश सामाजिक र देशभक्तिपूर्ण गीतमा मैले सधैं हामी कस्ता नेपाली हौं भन्ने ठाडो शैली भन्दा हाम्रो राष्ट्रिय एकता र सद्भावको सन्देश दिने सिर्जनशील काव्यात्मक शैली पछ्याउने गरेको छु । मैले म नेपाली हुँ भन्ने प्रमाणित गरिरहनु र म्यूजिक भिडियो वा सांगीतिक कार्यक्रममा नेपाली झ्ण्डा हल्लाएर देशभक्तिपूर्ण गीत गाएको देखाइरहनुपर्दैन ।

पहिलेपहिले सिर्जना गरिएका गीतहरूमा मैले दुई किसिमका राष्ट्रिय गीत पाएको छुः एकथरी, राष्ट्रियताको भावना जगाउन आफू नेपाली हो भनेर चिच्याउने र पुर्खाहरूको इतिहास, बलिदान र बहादुरीको बखान गर्ने; अर्कोथरी, हामी नेपाली हौं भन्न तथा इतिहासमा हाम्रा पुर्खाको बलिदान तथा गरिमाको बखान गर्न बाध्य नपारी राष्ट्रिय एकता र सद्भावको सन्देश दिने । मेरो रोजाइका सामाजिक–देशभक्तिपूर्ण गीत दोस्रो किसिमका हुन् ।

पछिल्ला वर्ष रेकर्ड भएका मलाई मनपर्ने सामाजिक–देशभक्तिपूर्ण गीतहरूमा श्रद्धेय सिद्धिचरण श्रेष्ठको एउटा गीत छ । ५० वर्ष पुरानो यो गीतलाई केही वर्षअघि कुशल संगीतकार न्ह्यू बज्राचार्यको संगीतमा योगेश्वर अमात्यले सशक्त स्वरमा गाएका थिए— क्यारुँ यो देशको निम्ति क्यारुँ । यो सुन्दर रचनामा भूषण दाहालको आकर्षक भिडियोले सुनमा सुगन्ध थपेको छ (हेर्नुस्:http://www.youtube.com/watch?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...