अर्थ/बजारबुधबार, मंसिर २६, २०७०

स्वीस सरकारले १ अर्ब सहयोग दिने

हिमालखबर

स्विट्जरल्याण्ड सरकारले स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रमका लागि नेपाललाई वित्तीय सहयोग दिन सहमति जनाएको छ । स्विटजरल्याण्डले स्थानीय सुशासनका लागि १ अर्ब ९ करोड रुपैंया वित्तीय सहयोग दिने भएको हो ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि स्विटजरल्याण्डका राजदूत अर्स हेरेन र अर्थ सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरे । अर्थ मन्त्रालयले २६ मंसीरमा गरेको कार्यक्रममा सम्झौता भएको हो ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले कार्यान्वयन गर्ने उक्त कार्यक्रम आगामी २०७३ असार मसान्तसम्म लागू हुनेछ । उक्त अवधिसम्म कार्यान्वयन हुने कार्यक्रमका लागि स्विस सरकार लगायत अन्य दातृ निकायले रकम प्रदान गर्नेछन् ।

स्थानीय निकायबाट प्रभावकारी सेवा प्रवाह, सामाजिक परिचालन, लैङ्गिक समानता, बालमैत्री स्थानीय शासन, जीविकोपार्जन सुधार लगायत कार्यक्रममा उक्त रकम खर्च गरिनेछ । कार्यक्रम देशका सबै जिल्ला र नगरपालिकामा लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>