अर्थ/बजारबिहीबार, मंसिर २७, २०७०

एभरेष्ट इन्स्योरेन्सका निलम्बित सीईओ पक्राउ

हिमालखबर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एभरेष्ट इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) केवल कृष्ण श्रेष्ठलाई पक्राउ गरेको छ । दुई करोड ५० लाख ८९ हजार ५८१ रुपैंया ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

उनी २७ मंसीरमा ललितपुर, सातदोबाटो ढोलाहिटीबाट पक्राउ परेका हुन् । उनमाथि कानुनी कारवाही अघि बढाइसकेको सीआईबीले जनाएको छ ।

उनीमाथि प्रमुख कार्यकारी अधिकृत रहेको बेला अनधिकृत र अनियमित रुपमा रकम विभिन्न शीर्षकमा खर्च देखाई ठगी गरेको अभियोग छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>